सिलगढीमा मादक पदार्थ गिरोहको भन्डाफोर, बाजीसहित तिनका ४ जना साथी पक्राउ

Screenshot_20230608_224704_WhatsApp.jpg

सिलगढी: सिलगढी मेट्रोपलिटन पुलिस अन्तर्गत भक्ति नगर थाना पुलिसले मादक पदार्थ गिरोहका पाँचजनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा एकजना महिला पनि सामेल छन्। आरोपीहरूको नाम नूरजहां बेगम उर्फ बाजी (३०), बरूण राय (३३), समीर सरकार (३५), प्रशान्तो दे ( ३० ) र एमडी अहेनमेन (३०) सामेल छन्। गत राति भक्ति नगर थानाको पुलिसले सादा पोशाकमा ईस्टर्न बाइपास इलाकामा अभियान चलाएर यस मादक पदार्थ धन्दाको भन्डाफोर गरेको छ। जानकारी अनुसार पक्रा परेका नूरजहां बेगम विगत केही वर्षदेखि बाजीको नामले परिचित छन्। तिनी ब्राउन शुगर साथै अन्य विषालु मादक पदार्थहरू विभिन्न ठाउँमा पुऱ्याउने काम गर्दै आइरहेकी थिइन् यसको लागि तिनले एउटा गुट पनि तयार गरेको छ। यसैबीच, बाजी आफ्नो चार जना साथीहरूसित नशालु इजेक्शन बिक्री गर्नका लागि सिलगढीको ईस्टर्न बाइपास इलाका पुगेकी थिइन्। यसभन्दा अगावै पुलिस गोप्य खबर पाएर सादा पोशाकमा त्यहाँ पुगेका थिए अनि बाजी सहित तिनका साथीहरू स्कुटीमा आइपुग्न साथ पुलिसले रोकेर छानबिन गर्दा दुई वटा स्कुटीको डिक्की भित्रबाट २१० वटा नशालु इजेक्शन उद्धार गयो। यसवाहेक, ७ हजार रूपियाँ पनि पुलिसले उद्धार गरेको छ। सबै आरोपीहरूलाई पक्राउ गरेपछि आज तिनीहरूलाई जलपाईगढी अदालतमा पेश गर्यो। यसको साथै पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

About Author

Advertisement