८ जूनः नगरपालिका परिषद पौरी गड़वाल (उत्तराखण्ड)-द्वारा आयोजित अल इण्डिया ग्रीष्मोत्सव फूटबल प्रतियोगितामा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले सेमिफाइनलमा स्थान बनायो। केएफसी-ले आज खेलिएको ग्रुपको दोस्रो म्याचमा इन्कम ट्याक्स, दिल्लीको टीमलाई १-०-ले पराजित गऱ्यो। म्याचमा केएफसी-बाट अभिषेक दर्जीले १५औं मिनटमा दर्शनीय गोल गरे। अन्तमा त्यही गोल निर्णायक साबित भयो। यस जीतको साथै केएफसी ग्रुपको शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुग्यो। यसअघि केएफसी र इण्डियन एयरफोर्सबीच खेलिएको म्याच १-१-ले ड्र रहेको थियो। केएफसी-ले अब १० जूनमा खेलिने सेमिफाइनलमा पौरी युनाइटेड एफसी विरुद्ध खेल्नेछ। केएफसी-को टीमसँग म्यानेजरको रूपमा बिपेन थापा रहेका छन्।









