अलीपुरद्वार: तृणमूल कांग्रेसले बिहीबार कालचिनीमा कूचबिहारको शाही परिवारको बारेमा गरिएको अभद्र टिप्पणीको बिरूद्ध विरोध मार्च निकाल्यो। बिहारका पूर्व उपमुख्यमन्त्री तथा राज्यसभा सांसद सुशील मोदीले कूचबिहारको राजपरिवारबारे अभद्र टिप्पणी गरेको विरुद्धमा कालचिनीमा तृणमूल कांग्रेसका काल्चिनी ब्लक अध्यक्ष वीरेन्द्र उराँणले विरोध जुलुस निकालेको बताए ।यो विरोध र्याली काल्चिनी पुलिस थानाबाट सुरु भएको हो। जुलुस कालचिनीका विभिन्न क्षेत्र परिक्रमा गर्यो। त्यसपछि कालचिनी चौपाथीमा पुगेर यस रेलीलर पथ सभाको रुप धारण गर्यो।










