अलिपुरद्वार जिल्लाको नवौँ जन्मदिनको अवसरमा सम्वर्द्धना प्रदान

कालचिनी। आज अलिपुरद्वार जिल्लाको नवौँ जन्मदिनको शुभोपलक्ष्यमा अलिपुरद्वार जिल्ला मञ्चको आयोजनामा सम्पन्न कृति सम्वर्द्धना कार्यक्रममा कालचिनी खण्डको नेपाली साहित्यकार आसबहादुर लिम्बुलाई पनि सम्वर्द्धना प्रदान गरियो।
आज अलिपुरद्वार कलेजहल्ट स्थित प्याराडाइम लजमा सम्पन्न सो कार्यक्रममा मुख्य अतिथिको रुपमा अलिपुरद्वारका पूर्व विधायक तथा एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीको उपस्थित रहेको थियो भने अन्यान्य विशिष्ट अतिथिहरुमा अलिपुरद्वार नगरपालिका चेयरम्यान बाबलु कर, बङ्गरत्न परिमल दे, बङ्गरत्न साहित्यकार प्रमोद नाथ कुडुख लेखक बिमल कुमार टोप्पो एवम् अन्यान्य अतिथिहरुको उपस्थिति रहेको थियो।
सोही कार्यक्रममा कालचिनीबाट नेपाली लेखक आसबहादुर लिम्बु र कार्तिका चियाबारीबाट कुडुख लेखक बिमल कुमार टोप्पोलाई पनि मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा लिखित कविता अङ्कन भएको स्मृति चिन्ह साथै खदा पहिराएर सम्मान जनाएको थियो।

सोही कार्यक्रममा नै अलिपुरद्वार जिल्लाको कतिपय विशिष्ट सिनियर पत्रकारहरूलाई पनि सम्वर्द्धना प्रदान गरिएको थियो।
आज अलिपुरद्वार जिल्लाको जन्मदिन परेकोले केक काटिएको थियो भने यसरी नै अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्यामा पनि अलिपुरद्वार जिल्लाको शुभ जन्मदिन अलिपुरद्वार जिल्ला शासक सुरेन्द्रकुमार मीणाको उपस्थितिमा पालन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement