सिलगढी: सिलगढी पुलिस कमिश्नरेट अंतर्गत भक्तिनगर थानाको सादा पोशाकका पुलिसले एक सूचनाको आधारमा कारबाही गर्दै धेरै मात्रामा इन्जेक्सनसहित पाँच जनालाई पक्राउ गरेको छ। उनीहरुलाई बुधबार पूर्वी बाइपास नजिकैको इलाकाबाट पक्राउ गरिएको हो। पुलिसको कारवाहीमा करिब दुई सय सुई बरामद भएको छ। प्रारम्भिक अनुसन्धानपछि उनीहरुलाई लागुऔषध ओसारपसार हुने गरेको पाइएको छ।

पक्राउ पर्नेमा नुरजा बेगम, वरुण रोय, समीर सरकार, प्रशान्त डे र मोहम्मद एहमान रहेका छन्। पक्राउ पर्नेमा नरसा बेगम उर्फ बाजी यस घटनाको मुख्य योजनाकार रहेको बताइएको छ। पक्राउ परेकाहरुलाई भोलि अदालतमा पेश गरिने छ। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।










