जेईई एसटी ऱ्याङ्कमा अब्बल दुईजना आदिवासी विद्यार्थी

कालचिनी। ज्वाइन्ट ईन्ट्रान्स ईग्जाम (जेईई) मा यसपाली एसटी ऱ्याङ्कमा अब्बल अङ्क हासिल गरेर कालचिनी खण्डको दुईजना आदिवासी विद्यार्थीहरू क्रमैले विष्णु उराउँ चुवापाड़ा निवासी र बिक्रम सोरेन हेमिल्टनगञ्ज निवासीले कालचिनी ब्लक मात्र नभएर अलिपुरद्वार जिल्लाको सुनाम गरेकोमा दुवै विद्यार्थीलाई अलिपुरद्वार जिल्ला शासक सुरेन्द्र कुमार मीणाले सम्वर्द्धना जनाएको छ।
जेईई ऱ्याङ्कमा यसरी चियाबारी क्षेत्रको गरीब आदिवासी विद्यार्थी केटाहरू विष्णु उराँव र बिक्रम सोरेनले एसटी ऱ्याङ्कमा राम्रो परिणाम ल्याएकोमा यिनीहरूलाई प्रशासनको सदैव साथ रहने र कुनै पनि सहयोगिताको आवश्यकता परेमा जिल्ला प्रशासन साथमा रहेको जिल्ला शासक सुरेन्द्रकुमार मीणाले जनाएका छन्।
यता परिणाम ऱ्याङ्क अनलाईन आएको र अब काउन्सिलिङ पश्चात मात्र विषय ग्रहण पक्का हुने विष्णु उराउँले जनाएका छन्।

आफ्नो इच्छा कम्प्यूटर साइन्स लिएर अघि बढ़ने रहेको तर अब ऱ्याङ्कले नै यो कुरा तय गर्ने तिनले जनाएका छन्।
आमा बाबा र दुई दाजुहरूसित परिवारमा रहेको विष्णु उराउँको पढ़ाईमा जस्तो प्रकारले हुन्छ दुख सुखले पनि पढ़ाई गरोस छोराले भनि आमा बान्धु उराउँले जनाएकी छन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *