लम्पी रोगबारे मंगनमा एक दिवसीय सचेतना कार्यक्रम आयोजित

IMG-20230607-WA0384.jpg

गान्तोक: मंगन जिल्लाको कृषि विज्ञान केन्द्रमा पशु प्राणीमा लाग्ने लम्पी छाला रोगबारे एक दिवसीय सचेतना कार्यक्रम आयोजना गरियो। मंगन जिल्लाको पशुपालन विभागको पहलमा आयोजित कार्यक्रममा हाल राज्यमा देखापरेको लुम्पी रोगबारे विशेष गरेर छलफल गरियो। यो संक्रमित रोग विशेष गरेर गाईहरूमा अधिक देखापरेको र यसले हालसम्म धेरै वटा गाईको मृत्यु भइसकेकोबारे चर्चा परिचर्चा गरियो। यस अवसरमा मंगन जिल्लामा सञ्चालित कृषि विज्ञान केन्द्रका विशेषज्ञ डा. हिस्से ओङमु भोटियाले हाल यो रोगको नियन्त्रण गर्न विभाग सक्षम बनेको जानकारी गराउँदै यस विषयमा आगामी दिनमा गरिने कार्यक्रमबारे छलफल गरियो। उनले विशेष गरेर खोपको महत्वलाई जोड दिँदै कृषकहरुलाई आफ्नो गाईवस्तुलाई रोग विरुद्धको खोप लगाउन आग्रह गरिन्। यसका साथै गाई गोठमा उचित सरसफाइ पालन गरिनु पर्ने र जैविक सुरक्षाका उपायहरू अप्नाउनु पर्ने आग्रह गरिन्।

About Author

Advertisement