चेतावनीका कारण ४० वर्षको उमेरसम्म ४४ जना नानी जन्माइन्

आमा बन्न नचाहने महिला विरलै पाइएलाl सबै महिला आमा बन्न चाहन्छन्। कतिपय महिलाहरु आमा बन्न नसक्दा जीवनभर दु:खी रहन्छन्l तर यहाँ एउटा सबैलाई अचम्म लाग्ने कुरा छl ४० वर्षको उमेरसम्म ४४ सन्तानलाई जन्म दिने महिला पनि संसारमा छिन् भन्दा एकैपल्टमा विश्वास गर्नु गाह्रो हुन्छ। जब यी महिलाले गर्भनिरोधकको बारेमा सोचिन्, डाक्टरहरूले उनको लागि कुनै पनि परिवार नियोजन विधिले काम नगर्ने बताए। यसका साथै नानी जन्माउन छोडे गम्भीर रोग लाग्ने वा ज्यान समेत जानसक्ने चेतावनी दिइएको थियो। यी महिलाले एक्लै ४४ जना बालबालिकाको हेरचाह गर्छिन्। यी महिला को हुन र कहाँकी हुन्? यति धेरै सन्तान जन्माउनुको कारण के थियो? द सनका अनुसार ४४ जना नानीहरूलाई जन्म दिने आमाको नाम मरियम नबतान्जी हो जो युगान्डा, पूर्वी अफ्रिकाकी हुन्। अहिले उनी ४३ वर्षकी भइन् र ४० वर्षको उमेरमा उनले ४४ जना सन्तानलाई जन्म दिएकी थिइन्। मरियमले एकपटक मात्रै एउटा बच्चा जन्माएकी थिइन्। यस बाहेक चार पटक जुम्ल्याहा, पाँच पटक तीन र चार पटक पाँच सन्तान जन्माइन्। उनका ६ जना छोराछोरीको मृत्यु भइसकेको छ। हाल जीवित रहेका ३८ जना बालबालिकामध्ये २० जना छोरा र १८ छोरी छन्, जसलाई उनले एक्लै हुर्काउँदै छिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *