फीफा अण्डर-१७ महिला विश्व कपमा भारतको पहिलो म्याच अमेरिका विरुद्ध

२५ जूनः फीफा अण्डर-१७ महिला विश्व कप इण्डिया २०२२-को आधिकारिक ड्र-मा भारत ग्रुप ए-मा आएको छ। भारतीय टीमले भुवनेश्वरको कलिंगा स्टेडियममा आफ्नो पहिलो म्याच अमेरिका विरुद्ध खेल्नेछ। त्यसपछि भारतले मोरक्को र ब्राजीलको चुनौती स्वीकार्नेछ। प्रत्येक फीफा अण्डर-१७ विश्व कपमा हिस्सा लिने आफ्नो रेकर्डलाई कायम राख्ने जर्मनीको टीमलाई नाइजेरिया, चिली र टुर्नामेण्टको पहिलो संस्करणको आयोजक न्यूजील्याण्डसँग ग्रुप बी-मा राखिएको छ। यसबीच गत च्याम्पियन स्पेनले कोलम्बिया, मोक्सिको र चीनसँग ग्रुप सी-मा स्थान पाएको छ। साल २०१४-मा कोस्टा रिकामा आयोजिक विश्व कपको खिताब जित्ने जापानलाई तंजानिया, कनाडा र अन्य एक पूर्व च्याम्पियन फ्रान्ससँग ग्रुप डी-मा राखिएको छ। भारतले टुर्नामेण्टमा अमेरिकापछि १४ अक्टोबरमा मोरक्को र १७ अक्टोबरमा शक्तिशाली ब्राजील विरुद्ध खेल्नेछ।

यस अवसरमा फीफा अध्यक्ष गियानी इन्फेण्टिनोले भने, यो ड्र भारतको निम्ति एउटा महत्त्वपूर्ण माईलखुट्टी हो। यस टुर्नामेण्टको आउँदो संस्करणलाई सफल बनाउनको निम्ति धेरै मेहनती मानिसहरू सामेल छन्। अब यस ड्र पछि टुर्नामेण्ट सुरक्षित रूपले आयोजन हुने हामीलाई पूर्ण विश्वास छ। यसरी नै खेल मन्त्री अनुराग ठाकुरले भने, म हाम्रो सुन्दर अनि जीवन्त राष्ट्रमा सबै टीमहरूलाई स्वागत जनाउँछु। भारतमा तपाईंहरू सदा दर्शकहरूलाई मन्त्रमुग्ध बनाउनु हुन्छ। यो हाम्रो देशमा महिलाहरूसँग सम्बन्धित खेलहरूका दृष्टिकोणले महत्त्वपूर्ण टुर्नामेण्ट हो। यस टुर्नामेण्टको आयोजनले धेरभन्दा धेर युवा महिलाहरू खेलप्रति आकर्षित र प्रेरित हुने मलाई विश्वास छ। यस साल ११ अक्टोबरदेखि शुरु हुने टुर्नामेण्टमा ग्रुप चरणका म्याचहरू १८ अक्टोबरमा समापन हुनेछ अनि प्रत्येक ग्रुपबीच शीर्ष दुईवटा टीमले क्वार्टर फाइनलमा स्थान बनाउनेछ। टुर्नामेण्टका म्याचहरू कलिंगा स्टेडियम बाहेक गोवाको पण्डित जवाहरलाल नेहरू स्टेडियम र नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा खेलिनेछ। प्रत्येक म्याच साँझ ८ बजीदेखि शुरु हुनेछ। कुनै दिन दुईवटा म्याच रहे दिउँसोको म्याच ४:३० बजीदेखि खेलिनेछ।
नवी मुम्बईमा २१ अक्टोबरको दिन डबल हेडर नक्आउट म्याचहरूका आयोजन हुनेछ, जसमा ग्रुप ए-को विजेताले ग्रुप बी-को उपविजेताको सामना गर्नेछ भने ग्रुप बी-को विजेता र ग्रुप ए-को शीर्षमा रहने टीमबीच म्याच खेलिनेछ। रहल क्वार्टर फाइनल म्याचहरू भोलिपल्ट खेलिनेछ। सेमिफाइऩल म्याचहरू २६ अक्टोबरको दिन गोवामा हुनेछ। त्यसपछि टीमहरू तेस्रो स्थानको निम्ति खेलिने म्याच अनि ३० अक्टोबरको दिन खेलिने फाइनलको निम्ति नवी मुम्बई जानेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *