खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटारको बाघमारा बस्तीमा मिनी पोस्ट फुटबल टुर्नामेन्ट हुने भएको छ। बाघमारा बस्तीको युवाहरूद्वारा आयोजना हुन लागेको उक्त मिनी पोष्ट फुटबल टुर्नामेन्ट आगामी १० जूनदेखि शुरु हुने भएको छ। उक्त टुर्नामेन्ट गत जनवरी महिनामा कृषि बागवानी मेला आयोजना गरिएको स्थलमा नै आयोजना गरिने भएको छ। बाघमारा बस्तीमा हुन लागेको उक्त मिनी पोष्ट फुटबल टुर्नामेन्टमा चार-चारजना खेलाड़ीहरूले अंश ग्रहण गर्न सक्नेछन् भने एकजना अतिरिक्त खेलाड़ीको रूपमा राख्न सकिने जानकारी प्राप्त भएको छ। उक्त मिनी पोष्ट टुर्नामेन्टको लागि फुटबल टिमहरूले भाग लिनलाई आयोजक समितिसित सम्पर्क गर्न सक्ने आह्वान् गरिएको छ। यसको लागि एउटा टिमले प्रवेश शुल्कको रूपमा १५०० रुपियाँ बुझाउन पर्ने अनि आगामी १० जूनभन्दा पहिला नै सुचित गर्नु पर्ने जानकारी बाघमारा युउथको पक्षबाट रोहण लामाले दिएका छन्। उनले पत्रकारहरूलाई सम्बोधन गर्दै गत जनवरी महिनामा बाघमारा बस्तीमा अायोजना गरिएको कृषि बागवानी मेलाको आयोजना गरिएको स्थलमा नै चार चारजनाको मिनी पोस्ट फुटबल टुर्नामेन्ट आयोजना गरिने र यसको लागि निक्कै टिमहरू आईरहेको र अझैं पनि टिमहरू आउन चाहेको खण्डमा झट्टै सम्पर्क गर्ने अनुरोध पनि गरेका छन्। रोहण लामाले यस मिनी पोस्ट फुटबल टुर्नामेन्टको फाइनल खेल पछिबाट तय गरिने अनि यसमा नगदराशि पुरस्कार कति प्रदान गरिने त्यो पनि पछिबाट निर्णय गरिने जानकारी गराएका छन्।









