सिलगढी: भारत–नेपाल सीमाको ताराबारी क्षेत्रबाट ६ वटा गाई बरामद भएकाे छ। घटनाको जाँच गरिरहेको नक्सलबारी पुलिसअनुसार यस घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन। पुलिस स्रोतका अनुसार एसएसबीका जवानहरूले बुधबार नक्सलबारी ब्लकको बर्मणिराम जोतको ताराबारी क्षेत्रमा गस्तीका क्रममा यी गाईहरू भेटेका पारेका थिए तर तस्करहरु भाग्न सफल भए। यसैबीच, एसएसबीले बरामद गाईहरू नक्सलबारी पुलिस लाई बुझाएको छ। नक्सलबारी पुलिसले गाई कहाँ तस्करी भईरहेको भन्ने बारे अनुसन्धान शुरु गरेको छ। घटनामा अन्य कोही संलग्न छन् वा छैनन् भन्ने पनि अनुसन्धान भइरहेको छ।










