क्यान्सर संक्रामक होइन: डा. राकेश रोय

00-1-CHIDCARE-CENTRE-FROM-PARK
डा. राकेश रोय (एमडी, ईसीएमओ, डिप पल्लिअटिभ् मेड (युके), एमएस्सी, एमबीए

बाल्यकालमा हुने क्यान्सर बारे जनचेतनाका लागि द् रिपब्लिक इण्डियनले मेडिकल ओन्कोलोजी एण्ड पल्लिअटिभ् केयर, एसजीसीसीआरआई, ठाकुरपुकुरका प्रभारी डा. राकेश रोयसित लिएको विशेष अन्तर्वार्ता:         

बाल्यकालमा हुने क्यान्सरको कारण के हो?

  • डाउन्स सिन्ड्रोम जस्ता मेडिकल अवस्थाहरूले ल्युकेमियाको सम्भावना बढाउँछ।
  • जेनेटिक्स- बाल्यकालको रेटिनोब्लास्टोमा (आरबी१ जीनमा दोष), विल्म्स ट्युमरसँग बलियो आनुवंशिक सम्बन्ध हुन्छ।
  • संक्रमणको जोखिम- इप्स्टिन बार भाइरस (ईबीभी) साना बालबालिकामा हुने सामान्य संक्रमण हो, अनि ईबीभी र बर्किट्स लिम्फोमा बीचको उच्च सम्बन्ध छ।
  • विकिरणको सम्पर्कले बाल्यकालमा क्यान्सर हुने सम्भावना बढाउँछ- एक्स रेडोन ग्यासl
  • अघिल्लो क्यान्सर उपचारले धेरै पछिको मितिमा ल्युकेमिया जस्तै दोस्रो घातक रोगको विकासको जोखिम बढाउँछ, तर घटनाहरू धेरै कम छन्।

हामीसँग बाल्यकालको क्यान्सरको उपचार किन छैन?

  • बाल्यकालको क्यान्सर निको हुँदैन भन्नु अज्ञानता हो। बाल्यकालको क्यान्सर निको हुने धेरै उदाहरणहरू छन्। उदाहरणका लागि- एक्यूट लिम्फोब्लास्टिक ल्यूकेमिया, होडकिन लिम्फोमा, विल्म्स ट्युमर र न्यूरोब्लास्टोमा कम जोखिम।
  • डब्ल्युएचओले गरेको अनुमानअनुसार बाल्यकालको क्यान्सरबाट बच्ने दर सन् २०३० मा केही विश्वव्यापी रणनीतिहरू मार्फत ६० प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको छ। हालमा यो विकसित राष्ट्रहरुमा उच्च र विकासोन्मुख राष्ट्रहरुमा कम छ।

के अरूहरूका लागि विशेष गरी नानीहरूलाई क्यान्सर भएका नानीको वरिपरि बस्नु सुरक्षित हुन्छ?

• हो, यो पूर्ण रुपले सुरक्षित छ। क्यान्सर संक्रामक होइन।

क्यान्सर भएका बालबालिकाको कपाल किन झर्छ?

  • केमोथेरापीमा कोशिकालाई नोक्सान गर्ने औषधिहरू समावेश हुन्छन्। यी औषधिहरू द्रुत गतिमा विभाजित हुने कोशिकाहरू विरुद्ध सबैभन्दा सक्रिय हुन्छन् (दुवै क्यान्सर कोशिकाहरू साथै सामान्य कोशिकाहरू जस्तै कपालको फोलिकल्स, म्युकस मेम्ब्रेनको ओरल क्याभिटी, रक्त कोशिकाहरू समावेश गर्दछ)। तसर्थ केमोथेरापीमा नानीहरुको उपचार शुरु गरेपछि उनीहरूको कपाल झर्न थाल्छन्। केही औषधिहरू छन्, जसले छिटो कपाल झर्छ, र केही औषधिहरू जसले कपाल झर्ने क्रमलाई कम गर्छ। नयाँ औषधिहरू जस्तै एन्टिबडीहरू र लक्षित एजेन्टहरूले कपालको फोलिकल्सलाई बचाउँछन्। तर यिनीहरूको छनौटमा प्रयोग हुन्छ।

बाल्यकालको क्यान्सरको उपचार कति लामो हुन्छ?

• यो क्यान्सरको प्रकारमा निर्भर गर्दछ। ठोस ट्युमरको उपचारको दायरा ६ देखि ९ महिनासम्म हुन्छ। रगतसँग सम्बन्धित क्यान्सरको उपचार केही समय ३ वर्षसम्म हुन्छ। प्रारम्भिक चरणहरूमा आक्रामक उपचार र पछिका चरणहरूमा कम आक्रामक व्यस्थापन उपचार समावेश छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement