फ्रेञ्च ओपनः सेमिफाइनलमा सबालेंका र मुचोवाबीच भिड़न्त तय

photocollage_202367125519930.jpg

७ जूनः चेक गणराज्यकी क्यारोलिना मुचोवाले फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टमा महिला एकलको सेमिफाइनलमा प्रवेश गरिन्। यसको साथै उनी रोलां ग्यारोमा अन्तिम चारमा स्थान बनाउने पहिलो गैर वरीयता प्राप्त खेलाड़ी बनिन्। समग्रमा उनी दोस्रोपल्ट कुनै ग्राण्ड स्ल्यामको सेमिफाइनलमा पुगिन्। दुई साल अघि उनले अष्ट्रेलियन ओपनको सेमिफाइनलमा स्थान बनाएकी थिइन्। यसबीच दोस्रो वरीयता प्राप्त बेलारुसकी आर्यना सबालेंकाले विश्वकी पूर्व नम्बर तीन खेलाड़ी युक्रेनकी एलिना स्वितोलिनालाई ६-४, ६-४-ले पराजित गरी पहिलोपल्ट सालको दोस्रो ग्राण्ड स्ल्यामको सेमिफाइनलमा स्थान बनाइन्। अष्ट्रेलियन ओपन च्याम्पियन खेलाड़ीले यसअघि पाँचवटा प्रयासमा कहिले पनि तेस्रो राउण्डभन्दा अघिको यात्रा तय गर्न सकेकी थिइनन्। यस साल उनले पाँचवटा म्याचमा एउटा सेट पनि गुमाएकी छैनन्।
सेमिफाइनलमा सबालेंकाको भिड़न्त मुचोवासँग हुनेछ। मुचोवाले गत सालकी उपविजेता अनास्तासिया पावल्यूचेंकोवालाई ७-५, ६-२-ले पराजित गरिन्। यसअघिको म्याचमा तीन घण्टासम्म कोर्टमा संघर्ष गरेको हुनाले मुचोवा विरुद्ध म्याचमा पावल्यूचेंकोवालाई थकित देखियो। यसैकारण म्याचको पहिलो सेटमा कड़ा चुनौती दिए पनि उनले दोस्रो सेटमा भटाभट पोइण्ट्स गुमाइन्। पावल्यूचेंकोवालाई गत वर्ष घुँड़ाको चोटले सताएको थियो। यसले गर्दा उनको ऱ्यांकिंग झरेर ३३३-सम्म पुगेको थियो। उनी ओपन युग (१९६८ देखि) मा क्वार्टर फाइनलमा पुग्ने सबैभन्दा कम्ती ऱ्यांकिंग भएको खेलाड़ी बनेकी थिइन्। मुचोवा पनि चोटले गर्दा २०२१-को यूएस ओपनपछि ६ महिनासम्म खेलदेखि बाहिर रहेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement