२५ जूनः दुईपल्टकी विम्बल्डन च्याम्पियन पेट्रा क्वितोवाले शुक्रवार ईष्टबर्नमा बीट्रीज हदाद मैयालाई ७-६, ६-४-ले पराजित गरी चार सालमा आफ्नो पहिलो ग्रास कोर्ट फाइनलमा स्थान पक्का गरिन्। फाइनलमा क्वितोवाले वर्तमान च्याम्पियन येलेना ओस्टापेंकोकी चुनौती स्वीकार्नेछिन्। आठौं वरीयता प्राप्त लातवियाकी यस खेलाड़ीले दोस्रो सेमिफाइनलमा १२औं वरीयता प्राप्त केमिला जर्जीलाई सीधा सेटमा ६-२ ६-२-ले पराजित गरिन्। हदद मैयाले क्वितोवा विरुद्ध म्याचअघि गत दुई हप्तामा नटिंघम र बर्मिंघममा लगातार दुईवटा एकल खिताबसहित ग्रास कोर्टमा लगातार १२ वटा म्याच जितेकी थिइन्। टुर्नामेण्टमा १४औं वरीयता प्राप्त क्वितोवा २०२२-को आफ्नो पहिलो फाइनल अनि २०१८-मा बर्मिंघमपछि पहिलो ग्रास कोर्ट फाइनलमा पुगिन्। पुरुषहरूका सेमिफाइनलमा गत च्याम्पियन एलेक्स डी मिनौरले तेस्रो वरीयता प्राप्त टेलर फ्रिट्सको चुनौती स्वीकार्नेछन् भने दोस्रो सेमिफाइनल ब्रिटिश वाइल्ड कार्ड एण्ट्री ज्याक ड्रेपर र मेक्सिम क्रेसीबीच खेलिनेछ।










