जूनियर महिला एशिया कपः द. कोरिया विरुद्ध म्याच बचाउन सफल भारत

IMG-20230607-WA0001.jpg

भारतीय महिला टीम जूनियर एशिया कप हकी टुर्नामेण्टको आफ्नो तेस्रो म्याचमा मंगलवार दक्षिण कोरिया विरुद्ध पछाड़िएपछि पुनरागमन गर्दै २-२-ले ड्र खेल्न सफल भयो। म्याचमा एक समय भारत २ गोलले पछि रहेको थियो। युजिन ली (१५औं मिनट) र जियोन चोई (३०औं मिनट)-ले गोल गरी मध्यान्तरसम्म कोरियाई टीमलाई २-०-को बढ़त दिलाएकी थिइन्। लगातार २ गोल खाएपछि चाहिँ भारतीय टीमले असाधारण प्रदर्शन गऱ्यो। दीपिका सोरेंगले ४३औं मिनटमा भारतलाई पहिलो गोल दिलाइन्। त्यसपछि दीपिकाले ५४औं मिनटमा अझ एक गोल गरी भारतलाई २-२-को बराबरीमा पुऱ्याइन्। यस ड्र-को साथै भारतले पूल ए-मा शीर्ष स्थान हासिल गऱ्यो। भारतले अब पूल ए-को आफ्नो अन्तिम म्याचमा बिहीवार चाइनीज ताइपेको चुनौती स्वीकार्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement