रिनाक फायर स्टेशन अनि सिङ्लिला एकाडेमी स्कूलद्वारा विरूवा रोपियो

IMG-20230606-WA0304.jpg

सिङ्ताम। विश्व वातावरण दिवसको अवसरमा रिनाक अग्निशमन विभागका प्रभारी एनसी तामाङ र कर्मचारीले रिनाक बीएसी परिसर र फायर स्टेशन परिसरमा रिनाक बीओ र कर्मचारीको समन्वयमा विरूवा रोपन अभियान सञ्चालन गरेका थिए। उक्त बिरुवा रङ्गेली जोनको भूसंरक्षण विभाग, वन विभागले उपलब्ध गराएको हो।

यस्तै प्रकारले सिङ्तामको एक शैक्षिक संस्था सिंगलिला एकडेमीले विश्व वातावरण दिवस पालन गऱ्यो। प्रधानाध्यापक मनिष प्रधान, शिक्षक तथा विद्यार्थीहरुले “पृथ्वी बचाउँ जीवन बचाउ” भन्ने नारा लगाउँदै वकवे परिसरमा विरूवा रोपन अभियानमा समेत सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement