गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले विश्व पर्यावरण दिवसको अवसरमा सोमवार नाथाङ जीपीयू भ्रमण गरे। कुपुपमा आयोजित वृक्ष रोपण अभियानमा सहभागी बन्दै राज्यपालले गुरासॅं र सिल्भर फरको बिरूवा लगाए। यो ठाउॅं लगभग १३ हजार ५०० फुटको उचाईमा अवस्थित छ।
नाथाङ गाउॅं जीवन्त ग्राम कार्यक्रम अन्तर्गत पर्दछ। यस केन्द्र प्रायोजित कार्यक्रम अन्तर्गत सीमा क्षेत्रका गाउॅंहरूमा पूर्वाधारहरूको विकास सुनिश्चित गरिन्छ। जिल्लापाल कार्यालयले लाइन विभागहरूको समन्वयमा हालैमा कार्य योजना तयार पारेर गृह मामिला मन्त्रालयमा पेश गरेको बताएइको छ।
नाथाङका ग्रामवासीहरूले राज्यपालको स्वागत गरेका थिए। यस अवसरमा राज्यपालले ग्रामवासीहरूसॅंग अन्तरक्रिया गर्दै उनीहरूका समस्याहरूको बारेमा जानकारी लिए। राज्यपालले शिशु वाटर हार्भेस्ट ट्याङ्क पनि उद्घाटन गरे। यसैगरी, इलिफेन्ट लेकमा राज्यपालको बाहुलीद्वारा माछा पनि छोडियो।
-हिस