अवैध सम्बन्धको आशंकामा श्रीमतीलाई रुखमा बाँधेर कुटपिट गर्ने श्रीमान पक्राउ

dty

फाँसीदेवाः अवैध सम्बन्धको आशंकामा श्रीमतीलाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। अभियुक्तको नाम परितोष सरकार हो । उनी रंगपानीका बासिन्दा हुन्। परितोष सरकारको केही साताअघि माटिगारा निवासी तनुश्री सरकारसँग विवाह भएको बताइएको छ । त्यसयता श्रीमतीलाई शंका गर्न थाल्यो ।

परितोष सरकारले श्रीमतीलाई फाँसीदेवाको लिम्बुटारी क्षेत्रमा लगेर रुखमा बाँधेर कुटपिट गरेका थिए। यो कुरा देखेर यात्रीले फाँसीदेवा पुलिस चौकीमा खबर गरेका थिए । खबर पाएलगत्तै पुलिस घटनास्थलमा पुगेर अभियुक्तलाई नियन्त्रणमा लिएको छ। त्यसपछि तनुश्री सरकारका परिवारले पुलिस चौकीमा लिखित उजुरी दिएका थिए । त्यसपछि पुलिसले परितोष सरकारलाई पक्राउ गरेको थियो । आरोपीलाई आज सिलगढी डिभिजनल कोर्टमा पेश गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement