सिलगढी: दार्जीलिङ हिल युनिभर्सिटीको उपकुलपतिको नियुक्तिलाई लिएर सिलगढीका विधायक शंकर घोषले आरोप लगाएका छन्। यस नियुक्तिमा विश्वविद्यालय अनुदान आयोग (युजीसी)को दिशानिर्देशलाई विचार गरिएको छैन भन्ने आरोप विधायक शंकर घोषले लगाएका छन्l यस्तो आरोप उनले पत्रकार सम्मेलन गरेर आरोप लगाएका हुन्। उनले युजीसीको निर्देशन पालना नगरी हिल विश्वविद्यालयका उपकुलपति नियुक्त गरिएको बताए। मङ्गलबार सिलगढीमा पत्रकार सम्मेलन गरेर शंकर घोषले यस्तो गुनासो गरेका हुन्। पत्रकार सम्मेलनमा शंकर घोष बाहेक सिलगढी नगरनिगमका विपक्षी नेता अमित जैन, भाजपाका नेता ज्योत्सना अग्रवाल पनि उपस्थित थिए।