गान्तोक: सिक्किम अमेच्युर ताइक्वाण्डो एसोसिएशन (साटा) का ६ जना वरिष्ठ खेलाडीहरूले नेशनल क्योरूगी रेफ्री सेमिनार साथै रिफ्रेसर कोर्स पुरा गरेका छन्। गत २-४ जूनसम्म गुवाहटीको इन्डोर हलमा आयोजित दुई चार दिवसीय प्रशिक्षण कार्यक्रममा दिपेन राईस विनय तामाङ, कुञ्जाङ ओङमु भोटिया, सविना गुरूङ, छुल्टिम पाल्मु भोटिया र पेगिला भोटियाले राष्ट्रीय रेफ्रीको कोर्स पुरा गरेका छन्। आसम ताइक्वाण्डो एसोसिएशनको पहलमा आयोजित प्रशिक्षण कार्यक्रममा अन्तराष्ट्रीय रेफ्रीद्वय दिनेश गुप्ता र अलि अहम्द जाफरी प्रशिक्षककोरूपमा रहेका थिए। यसरी राज्यबाट ६ जनाले रेफ्रीको कोर्स पुरा गरेर उपलब्धि हासिल गरेकोमा साटाका अध्यक्षले सबैलाई शुभकामना साथै बधाई दिएका छन्।