पश्चिम सिक्किमक भ्रमणको पहिलो दिन मुख्यमन्त्री गोलेद्वारा विभिन्न विभिन्न शिलान्यास साथै उदघाटन

IMG-20230606-WA0302.jpg

गान्तोक: पश्चिम सिक्किम भ्रमणको पहिलो दिन राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले तीनवटा विभिन्न पूर्वाधारहरूको उदघाटन साथै पूर्वाधारको शिल्यानास गरे। आजदेखि पश्चिम सिक्किमको भ्रमण शुरू गरेका मुख्यमन्त्रीले पहिलो दिन गेजिङमा निर्माण हुन गइरहेको ५० पलङयुक्त क्रिटीकल केयर ब्लकको शिल्यानास गरे भने सोही प्रकारले राप्देञ्चीमा निर्मित सिडिकेओङ टुल्कु बर्ड पार्कको उद्घाटन गरे। उद्घाटनपछि मुख्यमन्त्री तामाङले दुई हेक्टर क्षेत्रफलमा फैलिएको यो पार्कको भ्रमण गर्दै विभिन्न पक्षीहरूको अवलोकन गरे। उनले उक्त पार्कमा रहेका विभिन्न पक्षीहरूबारे सम्वन्धित विभागका अधिकारीहरूसँग जानकारी पनि लिए। पार्कको अवलोकनपछि मुख्यमन्त्री तामाङ सोझै भारत नेपालको सिमाना चिवाभञ्ज्याङ पुगे। त्यहाँ पुगेर उनले वन विभागद्वारा निर्माण गरिएको फरेस्ट रेस्ट हाउसको उद्घाटन गरे। उद्घाटन समारोहपछि मुख्यमन्त्री तामाङले भारत नेपाललाई जोड़्न हेतु निर्माण हुनगइरहेको चिवाभञ्ज्याङ राष्ट्रिय राजमार्गबारे सम्वन्धित निकायका अधिकारीहरूलाई बैठक गरे। उक्त बैठकमा सिक्किम सरकारका आर्थिक सल्लहकार डा. महेन्द्र पी. लामा, भारतीय सेनाका अधिकारीगण, सीमा सशस्त्र बलका अधिकारी, सिक्किम पुलिसका शिर्ष अधिकारीगण, विभिन्न विभागका सचिव लगायत गेजिङ र सोरेङ जिल्लाका जिल्लापालहरूले भाग लिएका थिए।

सो बैठकमा यो राजमार्ग निर्माणले सिक्किम राज्यलाई के-कस्ता फाइदा पुग्न सक्छ अनि कस्तो कुराहरूसँग सतर्क रहनु पर्ने विषयमाथि विचार विमर्श गरे। यस विषयमाथि सल्लहकार डा. लामाले राज्यका मुख्यमन्त्री तामाङलाई राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर यसलाई समन्वय गर्नको निम्ति एउटा समिति गठन गर्नुपर्ने सुझाव दिएका छन्। यो समितिलाई आफ्नोतर्फबाट पूर्णरुपमा सहयोग पुऱ्याउने लामाले प्रतिबद्धता जाहेर गरे। यसका साथै यो सड़क मार्गको निर्माण राजनैतिक इच्छाशक्तिको कारण मात्र सम्भव रहेको उनले बताए। मुख्यमन्त्री तामाङको राजनैतिक इच्छाशक्तिको उनले मुग्दकण्ठले प्रशंसा गरे। यसका साथै अदृष्य रुपमा हुने खतराहरूबाट पनि राज्य सरकार सचेत हुनुपर्ने डा. लामाले सतर्क गराए।

यस सड़क निर्माण कार्यबारे पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री तामाङले राज्यमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठन भएपछि ५६ करोड़को लागतमा राज्य सरकारले यहाँसम्मको सड़क निर्माण गरेको जानकारी गराए। अहिले यस सड़कलाई केन्द्र सरकारले दुई लेनको निर्माण गर्ने पहल शुरु भइसकेको उनले अवगत गराए। यसरी आफूले राज्यलाई विकास गराउने हेतुले देखेको सपना पुरा भएर ठूलो रुप लिएको देख्दा आफैलाई खुशी लागेको बताए। नीति आयोगको बैठकमा निरन्तर यो विषयमाथि आफूले कुरा उठाएको र प्रधानमन्त्री अनि गृहमन्त्री स्वयंलाई व्यक्तिगत रुपमा अवगत गराएको बताए। यस विषयमाथि केन्द्र सरकारको सकारात्मक पहलको निम्ति मुख्यमन्त्री तामाङले प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहलाई धन्यवाद दिँदै आभार प्रकट गरे। यसका साथै यो बोर्डमार्गबाट सिक्किमले धेरै फाइदा उठाउनसक्ने पनि उनले सम्भावना व्यक्त गरे। यो मार्ग निर्माण भइसकेपछि वरिपरीका क्षेत्रहरूको चौतर्फी विकास भएर जाने मुख्यमन्त्री तामाङले बताए। उद्योग, पर्यटन, शिक्षा अनि स्वास्थ्यको क्षेत्रमा यो ठाउँहरूलाई विकास गराएर यहाँबाट यहाँका जनताले सक्दो फाइदा उठाउनसक्ने सुझाउ दिए। यहाँबाट नेपालको पूर्वी क्षेत्र धेरै नजिक रहेकोले यो सड़क मार्ग भएर आवात जावात धेरै बढ़्ने उनले बताए। यसको निम्ति सबैलाई अघि आउने पनि मुख्यमन्त्री तामाङले आग्रह गरे। यहाँबाट संस्कार संस्कृति पनि आदान प्रदान हुने कुरामा उनले विश्वास व्यक्त गरेका छन्।

कार्यक्रम सकेर फर्किने क्रममा मुख्यमन्त्री तामाङले सोपाखा समाजघरको पनि उद्घाटन गरे। उनलाई स्थानीयहरूले स्वागत जनाए।

भोलि ७ जूनदेखि मुख्यमन्त्री तामाङले देन्तामका जनतासँग भेट गर्ने कार्यक्रम रहेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङको जनता भेटघाट कार्यक्रम देन्ताममा तीन दिनसम्म चल्ने र त्यसपछि १०-१२ जूनसम्म मुख्यमन्त्री तामाङले रिञ्चेनपोङका जनतासँग भेट गर्ने योजना रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement