गान्तोक: आगामी १०-११ जूनसम्म मुम्बईमा आयोजना हुने “२४ आवर्स स्टेडियम रन” को निम्ति राज्यका दुई जना धावक मुम्बई प्रस्थान गरेका छन्। मुम्बईमा आयोजना हुने उक्त प्रतियोगिताको निम्ति म्याराथन म्यान अमर सुब्बा र प्रितम राई सामेल रहेका छन्। सुब्बाले जानकारी गराए अनुसार एनइबी स्पोटर्स, एथलेटिक्स फेडरेसन अफ् इन्डिया र इन्टरनेशनल एसोसिएशन अफ् अल्ट्रा रनर्सको संयुक्त पहलमा आयोजना हुने यस प्रतियोगिता मुम्बईको युनिभर्सिटी स्टेडियमा सम्पन्न हुने भएको छ। उनीहरूलाई मुम्बईसम्म पुग्नको निम्ति योक्सम महकुमा अधिकारी छिरिङ टी. भोटिया, एसकेएम प्रचार प्रसाच सचिव कृष्ण लेप्चा लगायत अन्यहरूले सहयोग गरेको सुब्बाले थप जानकारी गराएका छन्।