बीरपाडा गोर्खा भवनको सिमापर्खालको शिलान्यास कार्यक्रम सम्पन्न 

00-1-Birpara

बीरपाडा: एकजुटता, कटिबद्धता र दृढ मनोबलका साथ सबै मिलेर अघि बढे चट्टान पनि फोर्न सक्ने उदाहरण प्रस्तुत गर्दै डुवर्सको बीरपाडा लगायत क्षेत्र वरिपरिका उत्साही आम भेलाबीच अपेक्षित गोर्खा सामुदायिक भवनको सिमापर्खाल आज बीरपाडा नेपाली उच्च विद्यालयको उत्तर दिशातिर रहेको मैदानको एक अंश, जो अघिबाटै प्रस्तावित गोर्खा सामुदायिक भवनको निम्ति भूमि आवन्टन गरिएको छ, त्यस भूमिको संरक्षणहेतु पर्खाल निर्माणको शिलान्यास कार्यक्रम विधिवत् रुपमा पूजाअर्चना सहित सम्पन्न भएको छ। 

शिलान्यास कार्यक्रम, विशेषगरी पण्डित पुरुषोत्तम निरौलाद्वारा पूजापाठपछि भवन निर्माण समितिका सचिव दिनेश तिरुवाज्युले बेल फुटाएर शुभारम्भ गरेको छ। कार्यक्रममा भवन निर्माण समितका अध्यक्ष विशाल गुरुङ, कार्यकारी अध्यक्ष अमीर सुब्बा, मूलसचिव दिनेश तिरुवा, समिति संयोजक जुगेश राई, कोष संकलन संयोजक श्याम थापा साथै सम्पूर्ण पदाधिकारीगण, डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष एवं बीरपाडा नेपाली उच्च विद्यालयका भुतपुर्व भारप्राप्त शिक्षक कृष्णबहादुर श्रेष्ठ, यसै विद्यालयका वर्तमान भारप्राप्त शिक्षिका श्रीमती रत्न राई, डिपिएस डुवर्सका प्रो° भाइस चेयरमेन एवमं सनसाइन स्कुलका निर्देशक कृतन छेत्री, अनुप कुमार शर्मा, सुश्री दुर्गा गुरुङ, मदारीहाट-बीरपाडा ब्लकका पञ्चायत सभापति रोहित कुमार विश्व, बिनोद मोक्तान, आशकुमार तामाङ आदिको उपस्थिति थियो भने बीरपाडा, दलमोर, लंकापाडा, मदारीहाट, दुम्सीपाडा, हन्टापाडा, गरोबस्ती, बन्दापानी, रामझोडा, माक्रापाडा, गरोचिरा, टोटोपाडा, गरगण्डा, हल्दीबाडी, अप्परलाइन, टुक्राखास, तुलसीपाडाका विभिन्न संघसंस्था, बुद्धिजीवीवर्ग, समाजिक सचेतक, जातीय सचेतकलगायत आम मानिसहरुको उल्लास र उत्साही उपस्थिति थियो।

बृहत् लागतमा निर्माण हुने गोर्खा सामुदायिक भवन, सरकारकै पहल र सिलगढी तराई डुवर्स गोर्खा कल्चरल डेभलपमेन्ट बोर्डद्वारा नै निर्माण हुनसके हामी चियाकमान, वनबस्तीमा बसोबास गरि आर्थिक विपन्नता झेलिरहेका आम मानिसहरुलाई आर्थिक बोझ नहुने थियो, सिमापर्खालको कार्य हाम्रै बलबुत्तामा शुरु भएपनि बोर्ड पुनर्गठनप्रति हामी अझसम्म  आशावादी नै छौं भनि बीरपाडा नेपाली उच्च विद्यालयका सह-शिक्षक साथै राजनैतिक सचेतक, बुद्धिजीवी अनुप कुमार शर्माले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement