गान्तोकः विश्व पर्यावरण दिवसको अवसरमा १८ नान्डोक सरमसा ग्राम पञ्चायत अन्तर्गत लोअर नान्डोकमा ग्राम पञ्चायत सभापति दिनेश खड़का, उपसभापति नरेन्द्र राई, वार्ड पञ्चायत रिन्जिङ डोमा लेप्चा, खुशमाया छेत्री, एसकेएम पार्टी सीएलसी सोनाम भोटिया, संचारकर्मी बिकास सुब्बा एवं दिव्य ज्योति संस्थाका कर्मठ युवा-युवती र गाउॅंलेहरूको उपस्थितिमा एलएलएचपी सरमसादेखि अप्पर नान्डोक खण्ड विकास कार्यालयसम्मको सड़क छेउछाउ फूल तथा सजावटी फूलका सयभन्दा बढ़ी बिरूवाहरू रोपण गरियो।
दिव्य ज्योति संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वप्रति सदैव कतिबद्ध रहेर हरियाली र स्वच्छ वातावरणका लागि वृक्षरोपण अभियान, सर-सफाई अभियान आदि मार्फत पर्यावरण संरक्षणको महत्वमाथि बल दिॅंदै आइरहेको बताइएको छ। संस्थाले वोट-बिरूवाहरू उपलब्ध गराइदिएकोमा राज्य वन विभागलाई धन्यवाद दिएको छ। साथै आफ्नो उपस्थिति दिएर कार्यक्रमलाई सफल तुल्याइदिएकोमा संस्थाले सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
-हिस