नाम्चीः बर्फुङ निर्वाचन क्षेत्रका विधायक टीटी भोटियाले आज बर्फुङ जारोङ ग्राम पञ्चायत एकाईको तल्लो जारोङ र क्यूजीङ्ग बखिम ग्राम पञ्चायत एकाईको रनेक गाउँ भ्रमण गरे। भ्रमणको क्रममा विधायकले तल्लो जारोङदेखि रनेक गाउँ जोडिने सडक निर्माणका लागि विभागीय अभियन्ता, स्थानीय पञ्चायतगण जिल्ला पञ्चायत लगायत स्थानीय गाउँलेहरुको साथमा उक्त सडकको सर्वेक्षण गरेका छन्।
यस अघि विधायकले तल्लो जारोङ प्राथमिक विद्यालयको भ्रमण गरेका थिए। आफ्नो क्षेत्रका नानीहरूले पनि गुणस्तर शिक्षा ग्रहण गर्न पाउनुपर्छ भन्ने उद्देश्यले विधायकले विभिन्न विद्यालयहरुको भ्रमण गरेको बताए। यसावधि उनले स्नेह स्वरूप विद्यार्थी नानीहरूलाई मिठाइहरु प्रदान गरेका थिए। त्यसपछि उनले दुर्गम क्षेत्रमा रहेको रनेक गाउँको भ्रमण गरे, जहाँ सडक नभएर सर्वसाधारणले दुःख भोग्नु परेकाले विधायकले उक्त गाउँमा सडक निर्माण गर्न विभागीय अभियन्तासँग सर्वेक्षण गरे। सो गाउँको बन्द रहेको स्कूलमा विधायक भोटियाको पहलमा खोलिएको आईसीडीएस केन्द्रको उद्घाटन समारोहमा उपस्थित भएका थिए।
यस अवसरमा क्यूजीङ्ग बर्फुङ प्रादेशिक क्षेत्रकी जिल्ला पञ्चायत सदस्य जसोदा छेत्री, क्यूजीङ्ग बाखिम ग्राम पञ्चायत एकाईका सभापति लोब्जाङ भुटिया, उपसभापति शिवकुमार राई र पञ्चायत सदस्यगण, बर्फुङ जारोङ ग्राम पञ्चायत एकाईका बिरिङ वाडककी पञ्चायत बेबिला राई, सडक तथा पुल विभागका सहायक अभियन्ता किङ्गा छोपेल भोटिया, सीडीपीओ राभाङ्ला नर्बु लेप्चा, रगित नगर ठेकादार संघका ग्यामछो भोटिया, टाशी भोटिया, मनिराज राई, पार्टी कर्याकर्ताहरू लगायत स्थानीय गाउँलेहरुको उपस्थिति रहेको थियो।
-हिस