करोमन्डल एक्सप्रेस दुर्घटनामा मृतक परिवारलाई सम्वेदना

5cdfac90-f516-4ad6-a487-a5ab7db31576

कालचिनीः करोमन्डल एक्सप्रेस दुर्घटनामा डुवर्सबाट ज्यान गुमाउनेमध्ये अलिपुरद्वार जिल्लाको समुकतला अञ्चल निवासी स्वपन विस्वासको पनि नाम रहेको एवम् यस लगायत अलिपुरद्वार २ नम्बर ब्लकको टटपाड़ा क्षेत्रका बासिन्दा आजसम्म निखोज रहेका दिपक विस्वासको घरमा पुगेर तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाईकले सहानुभूति व्यक्त गरेका छन्। करोमन्डल एक्सप्रेस दुर्घटनामा डुवर्सको नगरकट्टाबाट एकजना सागर खड़ियाको मात्र नाम जान्नमा आएको थियो भने हालै मात्र अलिपुरद्वार समुकतला निवासी स्वपन विस्वासको पनि उक्त दुर्घटनामा ज्यान गएको जान्नमा आएको छ।
अलिपुरद्वार निवासी राम हाँसदा र सञ्जीव दासलाई पनि उक्त रेल दुर्घटनामा घाईते अवस्थामा भेटाईएको थियो भने सोमबार मात्र ती दुवैलाई अलिपुरद्वार जिल्ला अस्पताल ल्याई पुऱ्याएको थियो। मङ्गलबार पुनः अलिपुरद्वार समुकतला निवासी स्वपन विस्वासको उक्त दुर्घटनामा ज्यान गएकोले सो घरमा पुगेर तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाईक लगायत डीपीएससी चेयरम्यान परितोष बर्मन, अलिपुरद्वार २ नम्बर पञ्चायत समितिको सभापति अनूप दास र तृणमूल अलिपुरद्वार २ नम्बर ब्लक सभापति लुईस कुजूरले सहानुभूति व्यक्त गर्दै आफूहरू दुखमा साथ रहेको आश्वाशन दिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement