कोलकाता: ओडिशाको बालासोर रेल दुर्घटना पछि पीडितहरूलाई मद्दत गर्न अगाडि आएको राज्य सरकारले पीडितहरूलाई आर्थिक सहायता घोषणा गरेको छ। यससँगै पीडितलाई आर्थिक सहयोगसहित रोजगारी दिने घोषणा पनि गरिएको छ। तृणमूल कांग्रेसले पीडितहरूलाई दुई लाख रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छl तर यता मङ्गलबार प्रदेश भाजपा अध्यक्ष सुकान्त मजुमदारले आफ्नो ट्विटर एकाउन्टमा एक भिडियो पोस्ट गरे, जसमा पीडितहरूको हातमा दुई हजार रुपियाँको नोट छ। सुकान्त मजुमदारले पीडित परिवारलाई आर्थिक सहयोग गर्न तृणमूल कांग्रेसको पहलको प्रशंसा गरेका छन्, तर साथसाथै टीएमसीले यस मार्फत आफ्नो कालो धनलाई सेतोमा रूपान्तरण गरिरहेको त छैन? भन्ने प्रश्न उठाएका छन्। सुकान्त मजुमदारले आफ्नो ट्वीटर अकाउन्टमा यो भिडियो पोस्ट गरेपछि राज्यको राजनीतिमा विवाद शुरु भएको छ र तृणमूल कांग्रेसका नेताहरूलाई उनीहरूको मनोवृत्तिमाथि प्रश्न उठाइएको छ।










