कोलकाताः राज्यको बहुचर्चित कोइला तस्करी मामिलामा पनि प्रवर्तन निदेशालय (ईडी) ले द्रूत गतिमा जाँच गरिरहेछ। ममता क्याबिनेटका मन्त्री मलय घटकलाई त पहिले नै नोटिस पठाएर आगामी १९ जूनमा दिल्लीको सीजीओ कम्प्लेक्स स्थित ईडी मुख्यालयमा सोधपुछको निम्ति बोलाइएको छ। अब उनका सहयोगी तृणमूल नेता शंकर चक्रवर्तीलाई पनि नोटिस पठाइएको छ।
आसनसोल नगर पालिकाको वार्ड नम्बर ५५ बाट शंकरकी पत्नी दीपा तृणमूल कांग्रेसको पार्षद हुन्। उनलाई आगामी हप्ता दिल्ली स्थित केन्द्रिय एजेन्सीको मुख्यालयमा सोधपुछको निम्ति हाजिर हुनलाई भनिएको छ।
ईडी सूत्रहरू अनुसार, कोइला तस्करीको जाँचमा शंकर चक्रवर्तीको नाम धेरै पल्ट अघि आएको छ, जसपछि अब उनीसित सोधपुछ गरिनेछ। उनी मन्त्री मलय घटकका सहयोगी हुन् र तस्करीको रूपियाँ लिने, मन्त्रीसम्म पुऱ्याउने र बीचमा सूत्रधारको रूपमा काम गर्नेगर्थे। कोइला तस्करीको मास्टरमाइन्ड अनूप मांझी उर्फ लालाको साथ पनि उनको सम्पर्क रहेको छ यसैले उनको बयान धेरै नै महत्वपूर्ण छ।
-हिस