खरसाङ: क्राइ गैर सरकारी संस्थाको आयोजनामा अनि वादामको प्रायोजनामा सम्पन्न लर्निङ सेन्टरहरूमा आज विविध कार्यक्रमको आयोजना गरियो। आज विशेष गरी वादाम संस्थाका प्रमुख बाला शाकाले यहाँको रोहिणी अनि महानदीको घुम्तीमा सञ्चालित लर्निङ सेन्टरहरूको भ्रमण गरेका छन् जहाँ उनलाई स्थानीय विद्यार्थीहरू अनि शिक्षक-शिक्षिकाहरूले स्वागत जनाएका थिए। शाकासँगै संस्थाका अन्य सदस्यहरू पनि उपस्थित रहेका थिए। उनले यसै अवधि तराईको फूलबारीस्थित मरियम स्कूलमा वादामद्वारा डिजिटल पढाईको निम्ति प्रदान गरिएको टेलीभिजनको पनि उद्घाटन गरिएको छ।

रोहिणी अनि महानदीको सेन्टरहरूमा त्यहाँका विद्यार्थीहरूले विविध रंगारंग कार्यक्रम पनि प्रस्तुत गरे भने संस्थाको पक्षबाट विद्यार्थीहरूलाई उपहार पनि प्रदान गरियो। यता फूलबारीको कार्यक्रममा जीटीए कार्यकारी सभासद परेश तिर्की, स्थानीय पञ्चायत सदस्य अर्चना छेत्री आदिको पनि उपस्थिति रहेको थियो। कार्यक्रमपछि वादामका प्रमुख बाला शाकाले वादामले २०१५ देखि शुरु गर्दै अहिले भारतमा एक ठूलो ब्याण्डको रूपमा अघि बढ्दै आईरहेको बताएका छन्। उनले वादामले दार्जिलिङको चियालाई अलग ब्राण्ड बनाएर विश्वको १३० वटा देशहरूमा लगिरहेको बताए। त्यसरी नै क्राई एनजीओबाट पूजा कालिकोटेले क्राई एनजीओले वादाम टिसको सहयोगमा विगत लक डाउनको समयदेखि नै रोहिणी चियाबारी र घुम्ती चियाबारीमा नानीहरूलाई लिएर टिच मी कार्यक्रम चलाईरहेको र आज वादामको प्रायोजक उपस्थित रहेको जानकारी गराइन्।

उनले वादाम टिचले बाईजु एप्सको माध्यमले डिजिटिल शिक्षा प्रदान गरेको बताइन्। कार्यक्रम विषयमा सभासद परेश तिर्की अनि मरियन स्कुलकी सह-शिक्षिका रूपा थापा तामाङले पनि आजको कार्यक्रम अनि वादाम सम्बन्धी जानकारी गराएका छन्।