“अन्वेष २०२२” शीर्षकमा हाजिरी जवाफ प्रतियोगिता आयोजना

गान्तोक। भारत सरकारको साङ्ख्यिकी एवं कार्यक्रम कार्यान्वयन मन्त्रालयले आजादीको अमृत महोत्सवको रूपमा सबै राज्यको राजधानीमा अवस्थित कार्यालयहरूका माध्यमद्वारा “अन्वेष २०२२” शीर्षकमा हाजिरी जवाफ प्रतियोगिता आयोजन गरिरहेको छ।

यसै क्रममा मन्त्रालयको गान्तोक क्षेत्रीय कार्यालयले २७ जूनको दिन स्थानीय वन सचिवालयको सम्मलेन कक्षमा गान्तोक वरिपरीका महाविद्यालय अनि विश्वविद्यालयका स्नातक एवं स्नातकोत्तर साथै पूर्व छात्रहरूका लागि हाजिरी जवाफ प्रतियोगिता आयोजन गरिरहेको छ।

हाजिरी जवाफ मुख्य रूपमा भारतीय अर्थनीति, आधिकारिक साङ्ख्यिकीका साथमा राष्ट्रिय साङ्ख्यिकी कार्यालय र सरकारको नीतिहरूमाथि केन्द्रित रहनेछ। हाजिरी जवाफ प्रतियोगिताको सञ्चालन एवं सोयनजन क्विज मास्टर दिवाकर बस्नेत अनि श्रीमती उपासना खवासले गर्ने जानकारी पीआईबीले दिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *