कालचिनीः सीआईटीयू समर्थित पश्चिम बंगाल राज्य आईसीडीएस कर्मी समितिद्वारा मङ्गलबार अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्या स्थित आईसीडीएसका डीपीओ समक्ष ज्ञापन सुम्पिएको जानकारी सो संगठनका सचिव काकोली दत्ता भद्राले दिएकी छन्। सम्पूर्ण आईसीडीएस कर्मी अनि सहायिकाहरूको न्युनतम वेतन २५ हजार हुनपर्ने र ६५ बर्षमा अवकाश दिइनु पर्ने, आईसीडीएस कर्मी र सहायिकाहरूको इन्सेन्टिभ र भत्ता चालू गरिनु पर्ने, २०१४ सालमा रिटायर्ड भएका आईसीडीएस कर्मीहरूलाई पनि ३ लाख रुपियाँ भुगतान गरिनु पर्ने, डिम र सब्जीको बिल प्रत्येक महीना भुगतान गरिनु पर्ने, आईसीडीएस कर्मीहरूलाई यूनिफर्म प्रदान गरिनु पर्ने र प्रत्येक ग्रीष्म कालमा १५ दिनको छुट्टी प्रदान गरिनु पर्ने आदि प्रायः १४ वटा दाबीहरूलाई अघि सारेर ज्ञापन सुम्पिएको सो संगठनका अध्यक्ष मल्लिका नाग गांगुली र सचिव काकोली दत्ता भद्राले जनाएकी छन्।