भाजपाले लोकसभा चुनाउपूर्व जनसम्पर्क अभियानलाई तीव्रता दियो, बंगालमा नेताहरूको जमघट

00-1-Rajya-Samachar

कोलकाताः लोकसभा चुनाउपूर्व आफ्नो योजना अन्तर्गत भारतीय जनता पार्टी (भाजपा)-ले देशमा जनसम्पर्क अभियानलाई तीव्रता दिएको छ। उक्त अभियान अन्तर्गत पश्चिम बंगालमा पनि व्यापक मात्रामा मानिसहरूसम्म पुग्नका लागि भाजपाले तयारी शुरू गरिसकेको छ। गत एक जूनदेखि आरम्भ भएको यो अभियान आगामी ३० जूनसम्म कायम रहनेछ। अलग-अलग राज्यहरूबाट चुनिएका १६० जना नेताहरूलाई देशका अलग-अलग क्षेत्रहरूमा पठाइँदैछ। पश्चिम बंगालमा भने अभियानको नेतृत्व भाजपाका राष्ट्रीय कार्यकारिणी सदस्यहरूमध्ये एक जम्मू-कश्मीरका पूर्व उपमुख्यमन्त्री कविन्दर गुप्ताले गरिरहेका छन्। उनको साथमा बिहार भाजपाका पूर्व अध्यक्ष मंगल पाण्डेय पनि छन्। हाल यी दुई नेताहरूको नेतृत्वमा हुगली, बर्दवान-दुर्गापुर, बिष्णुपुर औ बनगाउँमा बैठकहरूको सिलसिला शुरू भएको छ।

‘हिन्दुस्थान समाचार’-सितको विशेष बातचितमा कविन्दर गुप्ताले बताए, हामी भिन्न-भिन्न ढंगमा मानिसहरूसम्म पुग्ने प्रयास गरिरहेका छौं। केही क्षेत्रमा सार्वजनिक बैठक, पार्टीका कृषक, महिला,युवा, अनुसूचित जाति एवं जनजाति, ओबीसी र अल्पसंख्यकहरूका क्षेत्रीय नेताहरूसित बैठक, महत्वपूर्ण व्यक्तिहरू, पार्टीका पुराना सदस्य, सम्पादक, वरिष्ठ पत्रकार, व्यवसायी, कलाकार, वैज्ञानिक, खेलाड़ी, ब्लगर, ट्रेड यूनियन नेता, केन्द्र सरकारका विभिन्न योजनाहरूका लाभार्थी आदिसित भेटघाट गरिँदैछ। आगामी २१ जूनका दिन विभिन्न क्षेत्रहरूमा योग दिवस पालन गरिनेछ। आगामी २३ जून, श्यामाप्रसाद मुखर्जीको बलिदान दिवसको अवसरमा केही सार्वजनिक कार्यक्रमहरू आयोजना गरिनेछ। यस अतिरिक्त महिनाको अन्तिम आइतवार २५ जूना प्रधानमन्त्री मोदीको ”मन की बात” कार्यक्रमलाई प्रत्येक ठाउँमा प्रसारण गर्ने प्रयास गरिनेछ। कविन्दरले गए सोमवार भारत-बंगलादेश भूमि बन्दरगाहको दौड़ाह गरेका थिए। केन्द्रको ४५० करोड़ रुपियाँको यो परियोजनाले क्षेत्रीय स्तरमा कसरी र कतिसम्म लाभ पुऱ्याउँछ त्यसबारे व्यापक रूपमा प्रचार-प्रसार गरिनेछ।

अन्य राज्यहरूबाट पश्चिम बंगाल आएका भाजपा नेताहरूमा राँचीकी मेयर औ यस राज्यमा पार्टीकी सहपर्यवेक्षक डा. आशा लकड़ा पनि सामेल छन्। उनले गए सोमवार श्रीरामपुरमा आयोजित केही ऱ्यालीहरूमा भाग लिएकी थिइन्। बिहारका पूर्व उपमुख्यमन्त्री तथा राज्यसभा सांसद सुशील कुमार मोदीले सोमवार उत्तर बंगाल मेडिकल कलेजको सुपर स्पेशलिटी ब्लकको दौड़ाह गरेका थिए। उत्तर प्रदेशका पूर्व उपमुख्यमन्त्री दिनेश कुमार शर्माले सोमवार तारापीठ र नलहाटीको भ्रमण गरेका थिए।यस अभियानमा भाजपा अखिल भारतीय उपाध्यक्ष दिलीप घोष, प्रदेश अध्यक्ष डा. सुकान्त मजूमदार, पूर्व राष्ट्रीय सचिव राहुल सिन्हा, महिला मोर्चाकी प्रदेश अध्यक्ष फाल्गुनी पात्रा, अनुसूचित जनजाति मोर्चाका राष्ट्रीय अध्यक्ष समीर ओरावँ सहित अन्यले भाग लिरहेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement