खरसाङ: खरसाङको खहरेस्थित सहयोगी हातको सहयोगमा खरसाङको मकैबारीस्थित कैलापानी निवासी सन्तोष राईलाई उद्दार गरेका छन्। सहयोगी हात र अन्यको सक्रियतामा कैलापानी निवासी ५६ वर्षीय सन्तोष राईलाई आज उद्दार गरेर बागडोगराको घुसपुकुरस्थित मिशनेरीस अफ् च्यारिटीमा लगिएको जानकारी प्राप्त भएको छ। सन्तोष राई विगत छ वर्षअघि लड़ेर प्यारालाइज भएका थिए। उनी विगत छ वर्षदेखि प्यारालाइज भएर घरमै रहेका थिए भने परिवारमा अहिले कोही नभएको कारणले गर्दा उनलाई सहयोगी हातको सहयोगमा उद्धार गरेर मिशनेरी अफ् च्यारिटीमा लगिएको जानकारी सहयोगी हातको प्रमुख सुमित्र राईले जानकारी गराएका छन्। यय उध्दार कार्यमा सहयोगी हातको टिमसितै किराँत संघको प्रतिनिधिहरू, नमस्ते खरसाङको निर्देशक निर्मल गुरुङ, मिशनेरी अफ् च्यारिटीको प्रतिनिधिहरू उपस्थित रहेका थिए। यस विषयमा खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै सहयोगी हातको प्रमुख सुमित्र राईले विस्तृत रुपमा जानकारी गराएका छन्।