खरसाङ: रामकृष्ण कन्या उच्चात्तर माध्यमिक विद्यालय खरसाङको एनएसएस युनिटले पर्यावरण दिवस पालन गरेको छ। मिशन लाइफ क्याम्पेन अन्तर्गत आयोजित पर्यावरण दिवसका विविध कार्यक्रमहरु विद्यालयमा धेरै दिनदेखि सञ्चालन भईरहेको थियो। यस वर्ष पर्यावरण दिवसको थीम “बीट प्लास्टिक पलुसन इको सिस्टम रिस्टोरेशन” थियो।विद्यार्थीहरुले विद्यालय परिसर सफाई गर्नका साथै प्लास्टिकहरु बटुलेर यसको उचित निकासको प्रवन्धन पनि गरे। पर्यावरण दिवसको उपलक्ष्यमा विद्यार्थीहरुले विद्यालयमा शपथ ग्रहण गरेर प्लकार्डहरु लिएर रैलीमा अशंग्रहण गरेका थिए। विद्यालय परिसरबाट कप्तान रामसिंह ठकुरी पथ हुँदै आफूले अप्नाएको (एडप्टेड भिलेज) राजबारी रानीकुपतर्फ प्रस्थान गर्नका साथै बाटोको किनारामा विभिन्न वृक्षका विरुवा रोपणका कार्यक्रम पनि सम्पन्न गरेका थिए। राजबारी रानीकुप नवज्योति संघका पदाधिकारी एवं सदस्यहरुको पूर्ण सहभागितामा वृक्ष रोपन साथै रोपिएका विरुवाहरुमा पानी हालिने कार्य सम्पन्न गरियो। नव ज्योति संघका अध्यक्ष मदन प्रधान, सचिव आनन्द गुरुङ, सह सचिव मोहन राई लगायत कार्यकरिणी सदस्यवण लक्ष्मण राई अनि लल्लु गिरीको पूर्ण सहभागितामा सम्पन्न वृक्ष रोपण कार्यक्रममा स्वयं सेवक विक्की मोक्तान र सत्यम गुरुङले पनि कार्यक्रममा भाग लिएका थिए। विद्यार्थीहरुको प्रयासमा यसरी एडप्टेड भिलेजका प्रतिनिधि एवं सदस्यहरूले सहयोग पूर्याएर पर्यावरण दिवसको कार्यक्रमलाई सफल तुलाएकोमा विद्यालय पक्षबाट प्रधान अध्यापिका चन्द्रकला थापा योल्मोले नव ज्योति संघलाई आभार प्रकट गरेका छन्। यसरी विद्यार्थीहरुको मनोबल बढाउन सके जस्तै असम्भव कार्यहरु पनि सम्भव गर्न सके।

एनएसएस कार्यक्रम अधिकारी शिविका सोनिया तामाङको अगुवाईमा सम्पन्न यो कार्यक्रमहरुमा हाजिरी जवाब प्रतियोगितामा विद्यार्थी नेहा कुमारी रोय, दिया राई र खुशी तामाङको टिमले प्रथम स्थान ओगट्न सक्षम भए भने पोस्टर बनाऊ प्रतियोगितामा प्रथम निशा मुखिया, दोस्रो अंकिता थापा र तेस्रो रिसिम्ता तामाङ घोषित भए भनी विद्यालयकी शिक्षिका गोमा सुब्बाले जानकारी दिएका छन्।