खरसाङ: तीनधारे चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थानीय कार्यकर्ताहरू मिलेर चारवटा घरहरूमा बिजुली बत्तीको नयाँ लाईन जड़ानको कार्य सम्पन्न गरिएको छ। तीनधारेको बुथ नम्बर २४६ को संयोजक युवराज प्रधानको अगुवाईमा तीनधारे चियाबारीको चारवटा घरहरू क्रमैले परशुराम तामाङ, भुवन गुरुङ, सुशान नाक र बिन्दु राईको घरमा बिजुली बत्तीको नयाँ जड़ान गरिएको जानकारी प्राप्त भएको छ। योभन्दा पहिला पनि भागोप्रमो कार्यकर्ताहरूका सहयोगमा धेरैवटा घरहरूमा बिजुली बत्तीको जडान गरिएको थियो। त्यस क्रममा छोड़िएका घरहरूमा आज बिजुली बत्तीको जड़ानको कार्य पूरा गरिएको छ।

यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारेको बुथ नम्बर २४६ को संयोजक युवराज प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे चियाबारीको कार्यकर्ताहरू मिलेर छोड़िएका घरहरूमा बिजुली बत्तीको जडान गरिने कार्य सम्पन्न गरिएको जानकारी गराएका छन्। उनले यो कार्यमा बिजुली बत्ती विभागकाबरूले छोटो समयमा पनि आएर सर्वे गरेर बिजुली बत्ती जड़ानको कार्य सम्पन्न गरिएकोमा आभार प्रकट गरेका छन्। उनले यस कार्यको लागि क्षेत्रीय सभासद नवराज छेत्री, सुभम प्रधान, रोशन तामाङ लगायत अन्यहरूलाई धन्यवाद दिएका छन्। यसरी नयाँ बिजुली बत्तीको जड़ान गरिएकोमा चारै घरका मानिसहरूले धन्यवाद दिएका छन्।