दार्जिलिङ: लिङ्गिया चियाबारीमा बनिने रोडको क्षेत्रीय सभासद सन्दीप छेत्रीले शिलान्यास गरेका छन्। नेपाली साहित्य जगतकै वरिष्ठ साहित्यकार पारिजातको जन्मथलो हो जहाँको रोडको शिलान्यास आज सभासद सन्दीप छेत्रीले गरेका छन्। चुङथुङ मेरिबुङ ताससाङ समष्टिमा बाटोहरूको शिलान्यास अनि निर्माण कार्य धमाधम चलिरहेको छ। यसै क्रमबीच आज जीटीएका मुख्य कार्यपाल अनित थापाको दिशा निर्देश अनि क्षेत्रीय सभासद सन्दीप छेत्रीको विशेष पहलमा लिंगियाको राम गोलाईदेखि साईंला धुराको जोर चौकसम्मको सडक मार्गको विधिवत शिलान्यास गरिएको सभासद छेत्रीले जानकारी गराएका छन्। लिंगिया नेपाली साहित्य जगतकी वरिष्ठ साहित्यकार पारिजातको जन्मथलो हो, जसको गाउँसम्म पुग्ने सड़क मार्गको शिलान्यास गर्न पाउँदा सभासद छेत्रीले हर्ष व्यक्त गरेका छन्। दार्जीलिङ इञ्जीनियरिङ विभागको तत्वावधानमा आयोजित यस शिलान्यास कार्यक्रममा विभागीय अभियन्ता रवि राई, सुरेन सुब्बा, ठेकादार केशर छेत्री, सन्तोष गुप्तका साथै भारतीय गोर्खा प्रजातान्त्रिक समष्टि नेत्रित्व अरण छेत्री, सर्जु छेत्री, सरस्वती गुरूङ, सुन्दर राई, बन्टी गुरूङ अनि लिंगिया चियाबगानका प्रबन्धक लिङ्गिया शाखा नेतृत्व हर्क थापा, आनन्द राई, संगम थापा एवम् लिङ्गिया चियाबारीका वरिष्ठ व्यक्ति, समाज गन्यमान्य व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन निमेष सुब्बाले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै सभासद् सन्दीप छेत्रीले जीटीएका मुख्य कार्यपाल अनित थापाप्रति आभार व्यक्त गरेका छन्। हालसम्म सरकारको आँखाबाट चुङथुङ मेरीबुङ तामसाङ समष्टि समस्याहरू ओझेलिएका थिए तर जीटीएमा अनित थापा प्रमुख कार्यपाल बनेपछि समष्टिमा विकासमूलक कार्यहरू भइरहेको छ अझ धेरै समस्याहरू छ ती समस्याहरू जीटीए कार्यपाल अनित थापाकै माध्यमद्वारा समाधान हुने सभासद् सन्दीप छेत्रीले जनाएका छन्।