६ जूनः फूटबल खेल र खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर कार्य गर्ने खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ सुपर लीगमा मंगलवार खेलिएको दुवै म्याच ड्र रह्यो। चानमारी मैदानमा चैतेपानी एफसी र सेण्ट अल्फन्सस स्कूलबीच खेलिएको दिनको पहिलो म्याच (ग्रुप ए) २-२-ले ड्र रह्यो। ग्रुप ए-को यस म्याचमा चैतेपानी एफसी-बाट छेवांग शेर्पा र तेञ्जिंग भूटियाले गोल गरे । सेण्ट अल्फन्सस स्कूलबाट सुशान्त तामाङ र रोहित तामाङले गोल गरे। यसरी कञ्चनजंघा फूटबल क्लब (केएफसी) र युनाइटेड दिलाराम एफसी-बीच खेलिएको दिनको दोस्रो म्याच २-२-ले ड्र रह्यो। ग्रुप बी-को यस म्याचमा युनाइटेड दिलाराम एफसी-बाट दिनु सुब्बा र प्रज्ज्वल राईले गरे। यसरी केएफसी-बाट निवांग तामाङ र प्रनेश प्रधानले गोल गरे। आजको पहिलो म्याचमा विवेक छेत्री मुख्य रेफरी रहेको थिए। यसरी सहायकको भूमिकामा रबिन तामाङ र सुजित छेत्री थिए। यसरी दोस्रो म्याचमा विवेक छेत्री रेफरी रहेका थिए। सहायकको भूमिकामा सुजित छेत्री र प्रतीक गुरुङ थिए। फोर्थ अफिसियलको जम्मेवारी निेतेश देवान र प्रतीक गुरुङले निर्वाह गरेका थिए। लीगमा खरसाङ निर्वाचन छेत्रका जम्मा ११ वटा टीमले हिस्सा लिएको छ, जसमा सुकनाको कञ्चनजंघा फूटबल क्लब (केएफसी) पनि सामेल छ। दुईवटा सेमिफाइनल २२ जूनमा खेलिनेछ। फाइनल २५ जूनमा हुनेछ। लीगको फाइनलमा पुग्ने दुईवटा टीमलाई आउँदो हर्ली कपमा सिधै प्रवेश दिइनेछ।