ईडी विरूद्ध सुप्रीम कोर्ट जाने तयारीमा रूजीरा

00-1-Rajya-Samachar

कोलकाताः मुख्यमन्त्री ममता ब्यानर्जीका भतीज अभिषेक ब्यानर्जीकी पत्नी रूजीरा प्रवर्तन निदेशालय (ईडी) विरूद्ध सुप्रीम कोर्ट जाने तयारीमा छिन्। सोमवार उनी आफ्ना नानीहरूसॅंग दुबई गइरहेकी थिइन्। यसको जानकारी उनले केन्द्रिय एजेन्सीलाई अगावै दिएको तर, उनलाई इमीग्रेशन डिपार्टमेन्टले रोकेको दाबी गरेकी छिन्। उनलाई हवाई अड्डामा नै ईडीले नोटिस दिएर बिहिवार सीजीओ कम्प्लेक्सस्थित कार्यालयमा सोधपुछको निम्ति बोलाएको बताइएको छ।

सूत्रहरू अनुसार, आज रूजीराले सुप्रीम कोर्टमा याचिका दर्ता गर्नेछिन्। सुप्रीम कोर्टले उनीहरूलाई जाने छुट दिएको मुख्यमन्त्री ब्यानर्जीले दाबी गरेकी छिन्। नियम अनुसार, पहिला केन्द्रिय एजेन्सीलाई जानकारी गराउनु पर्छ र रूजीराले ईडीलाई अगावै जानकारी गराएकी थिइन्।

ईडी सूत्रहरू अनुसार, रूजीराले आफ्नो दुबई भ्रमणको बारेमा जानकारी दिएकी थिइनन्, यस कारण उनलाई रोकिएको हो। यस अतिरिक्त शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा कालीघाटका काकू अर्थात सुजय कृष्ण भद्रको पक्राउपछि रूजीरा विदेश जाने कुरा चर्चामा रहेको छ। किनकि, जुन कम्पनीलाई काकूले चलाउने गर्थे, त्यसमा रूजीरा पनि निदेशक हुन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement