ग्राहकको पैसा लिएर भाग्ने सीएसपी कर्मचारीविरुद्ध मुद्दा दर्ता

IMG-20230606-WA0204.jpg

सिलगढी: सरकारी बैंकको ग्राहक सेवा केन्द्र (सीएसपी) का कर्मचारी विरुद्ध बागडोगरा पुलिस स्टेशनमा मामला दर्ता गरिएको छ। प्राप्त जानकारीअनुसार केही दिन अघि सिलगढी महाकमा परिषद अन्तर्गत रंगपानी क्षेत्रमा एक सरकारी बैंकको ग्राहक सेवा केन्द्र खोलिएको थियो। बैंकका धेरै ग्राहकले त्यहाँ आफ्नो पैसा जम्मा गरने गर्थिए। तर, केही दिनपछि सीएसपी अचानक बन्द भयो। उक्त सिएसपीको इन्चार्जमा कार्यरत एक कर्मचारी सबै पैसा लिएर भागेको आरोप छ। अब ग्राहकहरूले पूर्ण अनुसन्धान र आरोपीलाई पक्राउ गर्न बागडोगरा थानामा लिखित उजुरी दिएका छन्। बागडोग्रा पुलिसचौकीले घटनाको अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement