नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मूलाई सूरीनामको सर्वोच्च नागरिक पुरस्कार ‘ग्र्याण्ड अर्डर अफ् द चेन अफ् द येलो स्टार’- द्वारा अलंकृत भएकोमा बधाई दिएका छन्। भारतीय राष्ट्रपति मुर्मूको एक ट्वीटको जवाफमा प्रधानमन्त्री मोदीले मङ्गलबार भने, ‘राष्ट्रपतिजीलाई सूरीनामको सर्वोच्च नागरिक पुरस्कार ‘ग्र्याण्ड अर्डर अफ् द चेन अफ् द येलो स्टार’ले सम्मानित भएकोमा बधाई। सूरीनामको सरकार औ त्यहाँका नागरिकहरूको यो विशेष भाव हामी देशहरूबीचको स्थायी मित्रताको प्रतीक होl’ –हिस