दुर्घटनामा सिक्किम स्काउट्सको प्रथम बटालियनका दुई जवानको मृत्यु

accident-1648378361.jpg

गान्तोक। एक वाहन दुर्घटनामा सिक्किम स्काउट्सको प्रथम बटालियनका दुई जवानको मृत्यु भएको छ। घटना पूर्व सिक्किमको जुलुकस्थित आइरन ब्रिजमा हिज सॉंझ लगभग छ बजी भएको। दुर्घटनामा परेर नाइब सुबेदार सोमबहादुर सुब्बा र लेन्स नाइक मनोजकुमार छेत्रीको मृत्यु भएको छ।
पुलिसअनुसार, जुलुकको आइरन ब्रिजमा सॉंझ लगभग छ बजी सिक्किम स्काउट्सको प्रथम बटालियनको २.५ टन टाटा दुर्घटनाग्रस्त भयो। वाहन २९ वर्षीय लेन्स नाइक छेत्रीले चलाइरहेका थिए। उनी दक्षिण सिक्किमको राङभाङ, याङगाङ निवासी थिए। तिनको साथमा ४२ वर्षीय नाइब सुबेदार सुब्बा पनि थिए। उनी दार्जीलिङको राङभाङ, सुखिया पोखरी निवासी थिए। दुवै जुलुकको ट्रान्जिट क्याम्प गइरहेका थिए।
दुर्घटनापछि दुवै घाइतेलाई जुलुकको ट्रान्जिट क्याम्पस्थित एमआई रूम लगियो, जहॉं चिकित्सकले दुवैलाई मृत घोषित गरिदिए। वाहन सड़क मार्गबाट लगभग ३०० फुट तल झरेको छ। दुवैको शव पोस्टमार्टमको निम्ति एसटीएनएम अस्पताल पठाइएको छ। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले दुर्घटनामा परेर सिक्किम स्काउट्सका जवानहरूको निधनप्रति गहिरो दुख प्रकट गरेका छन्। उनले मृतकहरूको शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै मृतात्माहरूको चीर शान्तिको निम्ति प्रार्थना गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *