गाउँलेहरूले अजय एडवाडर्सप्रति जनाए आभार
दार्जीलिङ: गहिरी गाउँमा बाटोको खनन कार्य शुरू भएकोा छ। सुकिया मानेभन्ज्याङ समष्टि अन्तर्गत पुलुङदुङ बस्ती वार्ड नम्बर ९ को गहिरी गाउँमा बाटो नभएको कारणले गर्दा स्थानीय मानिसहरूले धेरै समस्याहरू भोग्दै आई रहेका थिए। गाउँलेहरूले पहाडको सवै राजनैतिक दलहरूदेखि लिएर सम्बंधित विभागीय अधिकारीहरूलाई अवगत गराउँदै आई रहेको भएता पनि आजसम्म उक्त गाउँमा बाटो पूग्न सकेको थिएन। स्थानीय गाउँलेहरूले हाम्रो पार्टी समक्ष गाउँमा बाटोको निर्माण गरी दिने अनुरोध गरेपछि आजदेखि गहिरी गाउँमा बाटोको खनन कार्य शुरू भएको छ। गहिरी गाउँ को बासिन्दाले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई आभार जनाएका छन। त्यसरी नै पार्टी महासचिव फुर्तेम्बा भोटियाँ,समष्टि अध्यक्ष दीपेन राई आदिप्रति आभार जनाएका छन। स्मरण रहोस पहाडको दुर्गम ग्रामिण क्षेत्रहरूमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले ३ सय भन्दा धेर बाटोहरूको खनन कार्य गरी दिई सकेका छन भने गरीव विधार्थीहरूको शिक्षा खर्च, गरीव विमारीहरूको उपचारको खर्च, गाउँहरूमा समाज धर, खेल मैदान आदि जस्ता कार्यहरू गर्दै आई रहेको छ।