सिलगढी: विश्व पर्यावरण दिवसको अवसरमा सोमबार महानन्दा ईको टुरिजम वेलफेयर सोसाइटीका सदस्यहरू नोएल फनिङ, सनजोक देवन, पिटर बेक अनि संस्थाका अन्य सदस्यहरूको सहयोगमामा रुखका विरुवाहरू रोपियो। संस्थाले प्रत्येक वर्ष झै यस वर्ष पनि हरियो बन सबैको धन भन्ने मुल मन्त्रलाई लिएर महानन्दाको जङ्गलमा विभिन्न प्रजातिका रुखका विरुवाहरू रोप्नको साथै साफ-सफाई कार्य पनि गरियो।
समाज घर अर्कोतिर, म मैत्री समाज समिति अप्पर रेसेप धुराद्वारा पनि विश्व पर्यावरणको अवसरमा ५०० भन्दा अधिक रुखका विरुवाहरू रोपियो। समितिका सभापति भानु थापा अनि सचिव सन्दिप दियालीको निर्देशमा उक्त कार्य गरिएको थियो। समितिको पक्षबाट बिरुवा उपलब्ध गराइदिने २३ नर्सरी प्रभारी साथै सम्बन्धित विभागलाई धन्यवाद दिएको छ। स्मरण रहोस, यस समितिले गत वर्ष पनि विश्व पर्यावरण दिवसको अवसरमा विविध प्रजातिको रुखका विरुवाहरू रोपेको थियो।