औषधी कारोबारीको मृतदेह उद्धार

IMG-20230606-WA0177.jpg

अलिपुरद्वार: एक व्यापारीको मृतदेह आफ्नै औषधि पसलमा झुण्डिएको अवस्थामा फेला परेको घटनालाई लिएर अलिपुरद्वार जिल्लाको फलकाताको सुभाषपल्ली क्षेत्रमा सनसनी फैलिएको छ। मृत्यु हुने औषध कारोबारीको नाम बादल चक्रवर्ती रहेको छ। यी व्यवसायी पहिले सरकारी कर्मचारी थिए र अवकाशपछि औषधि पसल खोलेका थिए। फलकाटास्थित उनको घर नजिकै रहेको औषधि पसलमा मंगलबार बिहान कर्मचारीले पसल खोल्दा मालिकलाई पसलमा झुण्डिएको अवस्थामा देखे। आत्तिएका कर्मचारीले मालिकको घर गएर आफ्नो छोरा र आफन्तलाई घटनाबारे जानकारी गराएका थिए। त्यसपछि वरपरका सबै मानिसहरुसँगै पसलमा पुगे उनीहरुले मृतदेह झुण्डिएको देखे। घटनाबारे पुलिसलाई जानकारी गराइएको थियो। पुलिस पुगेपछि मृतदहलाई फलकाटा सुपर स्टेलिटी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। त्यसपछि शवलाई पोस्टमार्टमका लागि अलीपुरद्वार पठाइएको थियो। पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्नेछ । यो घटनाले सो क्षेत्रमा शोकको वातावरण छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement