सिलगढी: सिलगढीको देविडंगा क्वार्टर लाइन क्षेत्रमा त्रिकोणात्मक प्रेममा एक युवकको गोली हानी हत्या भएको छ। यस घटनालाई लिएर मंगलबार बिहानै सो क्षेत्रमा हंगामा मच्चिएको थियो। मृतक युवकको नाम अमृत गोस्वामी हो।जबकि अभियुक्तको नाम अरुण रहेको बताइएको छ। जानकारीका अनुसार अरुणले हिजो राति घरबाट अमृतलाई फोन गरेका थिए। पछि दुवैबीच झगडा भयो। यसैबीच अरुणले अमृत गोस्वामीलाई गोली हानेपछि अमृतका आफन्त र स्थानीयले अभियुक्त अरुणको घरमा तोडफोड गरी आगजनी गरेका थिए। पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिन थालेको छ।