सिलगढी: सिलगढीको आशिघर मोडमा दिउँसो सडकमै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको घटना मंगलबार बिहान भएको हो। जानकारीका अनुसार सोही क्षेत्रका युवक सपन राईको अर्का युवकसँग झगडा भएको थियो ।यसैबीच ती युवकले सपन राईमाथि धारिलो हतियार प्रहार गरेका थिए। आक्रमणपछि सपन रगतले लतपतिएर भुइँमा लडेका थिए। स्थानीयले उनलाई तत्कालै सिलगढी जिल्ला अस्पताल पुर्याए जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। अर्कोतर्फ, यो घटनापछि आरोपी युवकले आशिघर पुलिस चौकीमा गएर आत्मसमर्पण गरेका छन्।