कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले सोमबार अन्तिम क्षणमा दार्जीलिङको आफ्नो चार दिने भ्रमण रद्द गरिन् र रेल दुर्घटनामा घाइते भएका राज्यका यात्रुहरूको उपचार र पुनर्स्थापनाको निरीक्षण गरिन्l उनी आज ओडिशा प्रस्थान गरिन्। विभिन्न अस्पतालमा उपचार गराइरहेका घाइते यात्रुलाई भेट्न उनी भुवनेश्वर र कटक जानेछिन्। रेल दुर्घटनापछि मुख्यमन्त्रीको यो दोस्रो भ्रमण हो। पश्चिम बङ्गालका ९० जनाको शव पहिचान भइसकेको मुख्यमन्त्रीले जानकारी दिइन्। थप शवको पहिचान गर्ने प्रयास भइरहेको छ, उनीहरुको तस्वीर माग गरिएको छ। हाल पश्चिम बङ्गालका २०६ जना घाइते यात्रुलाई ओडिशाका विभिन्न अस्पतालमा भर्ना गरिएको उनले बताइन्। कटकका अस्पतालमा भर्ना भएका ३३ यात्रुको अवस्था चिन्ताजनक छ। मुख्यमन्त्री ममता ब्यानर्जीले आफूसँगै राज्यका केही मन्त्री र वरिष्ठ अधिकारी पनि आउने बताइन्। उनले ओडिशा सरकारसँग काम गर्न कुनै समस्या नभएको बताइन्।