आईपीएलको अभ्यासले भारतलाई फाइदा हुने रवि शास्त्रीको दावी

IMG-20230606-WA0175.jpg

६ जूनः भारतका पूर्व प्रशिक्षक तथा कमेण्टेटर रवि शास्त्रीको भनाइअनुसार, द ओवल मैदानमा पीच अष्ट्रेलियाको अनुकूल रहने भए पनि हालै आईपीएल खेलेर आउने भारतीय टीम म्याच अभ्यासले गर्दा वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनलको निम्ति अधिक तयार रहनेछ। भारत र अष्ट्रेलियाबीच डब्ल्यूटीसी फाइनल म्याच बुधवारदेखि शुरु हुनेछ। फाइनल म्याचअघि भारतीय टीमका अधिकांश खेलाड़ीले नै आईपीएलमा हिस्सा लिएका थिए जबकि अष्ट्रेलियाका अधिकांश खेलाड़ीहरूले नै यस टी२० लीगबाट बाहिर रहने फसेला गरेका थिए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-को एउटा कार्यक्रममा रिकी पण्टिंग र वसीम अकरमसँग कुराकानीको क्रममा शास्त्रीले भने, भारतीय पेस आक्रमणमा मोहम्मद शमी र मोहम्मद सिराजको साथ जसप्रीत बुमराह रहेको भए लड़ाइँ बराबरीको हुने थियो। यस्तो स्थितिमा मिचेल स्टार्क र प्याट कमिन्सको साथ अष्ट्रेलियाई पेस आक्रमण अधिक मजबूत देखिएको छ। म्याच फिटनेसले पनि केही फरक पर्न सक्छ। क्रिकेटमा म्याच अभ्यासको आवश्यकता हुन्छ। पाँच दिन लगातार ६ घण्टा गरेर मैदानमा रहनु अनि हरेक दिन दुई घण्टा गरेर नेटमा बलिंग गर्नुमा धेरै फरक हुन्छ। भारतको निम्ति शमी महत्त्वपूर्ण हुनेछन्। उनी पर्याप्त क्रिकेट खेलेर आएका छन्। उल्लेखनीय छ, भारतले यसअघि शास्त्रीकै प्रशिक्षणमा २०२१-मा डब्ल्यूटीसी फाइनल खेलेको थियो।
पाकिस्तानका पूर्व कप्तान वसीम अकरमले पनि शास्त्रीको कुरामा सहमति जनाए। उनले भने, एकजना खेलाड़ीको रूपमा म पनि म्याच अभ्यास मन पराउँछु। म कुन प्रारूपमा खेलिरहेको छु भन्ने कुराले कुनै फरक पर्दैन। आईपीएल जस्तो टुर्नामेण्टमा खेल्नु (नखेल्नु भन्दा) फाइदाजनक नै रहन्छ। अष्ट्रेलियालाई वर्ल्ड कप दिलाउने कप्तान रिकी पण्टिंगले चाहिँ यसबारे स्पष्ट मत व्यक्त गर्नदेखि जोगिए। उनले भने, अष्ट्रेलियाका केही खेलाड़ीहरूले आईपीएलमा खेले भने कतिले खेलेनन्। ठूलो म्याच अघि तरोताजा रहनु पनि महत्त्वपूर्ण हुन्छ। थकानको साथ दबाउको म्याचमा खेल्न सकिँदैन।
भारत लगातार दोस्रोपल्ट डब्ल्यूटीसी फाइनल खेल्न ओर्लिरहेको छ। यसअघि २०२१-को फाइनलमा भारतलाई न्यूजील्याण्डले पराजित गरेको थियो। भारतीय टीमका तत्कालीन प्रशिक्षक शास्त्रीको भनाइअनुसार, गत दुई सालमा परिस्थिति धेरै बद्लिएको छ। उनले भने, म्याच जित्न नसक्दा तपाईंलाई सँधै दुःख लाग्छ तर पछि फर्किएर हेर्दा त्यस डब्ल्यूटीसी फाइनलको तुलनामा अहिले परिस्थिति धेरै अलग छ। त्यस समय कोविड-१९ थियो। क्वारेण्टाइन थियो। त्यस समय खेलाड़ीहरूका निम्ति परिस्थिति कठिन थियो। पूरा १४ दिन रूममा बन्द रहनु। त्यसपछि सात दिन अभ्यास गर्नु। अहिले दुवै टीमसँग तयारीको निम्ति समय छ। यो असल फाइनल हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement