फ्रेञ्च ओपनःचोटलाई पन्साएर कोको गौफ क्वार्टर फाइनलमा, अल्काराज पनि विजयी

CollageMaker_202366125840249.jpg

६ जूनः अमेरिकाकी युवा टेनिस खेलाड़ी कोको गौफले पहिलो सेटको अवधि लागेको चोटबाट मुक्त हुँदै अन्ना कारोलिना शमीडलोवालाई ७-५, ६-२-ले पराजित गरी लगातार तेस्रोपल्ट फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टको क्वार्टर फाइनलमा स्थान बनाइन्। म्याचको पहिलो सेटमा गौफ ५-२-ले अघि रहेकी थिइन् तर १००औं ऱ्यांकिंग भएकी स्लोवाकियाकी खेलाड़ी शमीडलोवाले पनि लड़ाइँ गरेर स्कोर ५-५-को बराबरीमा पुऱ्याइन्। त्यसपछि कोर्टमा चिप्लिएर लड़्दा गौफको घुँड़ामा चोट लाग्यो। घुँड़ामा पट्टी बाँधेर खेलमा फर्किएपछि गौफले असाधारण प्रदर्शन गरिन् अनि म्याच जितेर क्वार्टर फाइनलमा स्थान पक्का गरिन्। क्वार्टर फाइनलमा गौफले विश्वकी नम्बर एक खेलाड़ी इगा स्वियातेकको चुनौती स्वीकार्नेछिन्। चौथो राउण्डमा प्रतिद्वन्द्वी खेलाड़ी लेसिया सुरेंकोले म्याचको बीचमा खेल छोड़्ने फसेला गर्दा स्वियातेकले क्वार्टर फाइनलमा स्थान बनाइन्। सुरेंकोले खेल छोड़्दासम्म म्याचमा स्वियातेक ५-१-ले अघि रहेकी थिइन्।
महिला एकलमा ओन्स जाबूर र १४औं वरीयता प्राप्त ब्राजीलकी बीट्रिज हद्दाद माइया पनि क्वार्टर फाइनलमा पुग्न सफल भइन्। अन्तिम आठमा यी दुई खेलाड़ीबीच भिड़न्त हुनेछ। ट्यूनिशियाकी जाबूरले अमेरिकाकी खेलाड़ी बर्नार्डा पेरालाई सीधा सेटमा ६-३, ६-१-ले पराजित गरिन्। म्याचमा उनले आठपल्ट पेराकी सर्विस तोड़िन्। गत वर्ष विम्बल्डनमा उपविजेता रहने जाबूर पहिलोपल्ट फ्रेञ्च ओपनको क्वार्टर फाइनलमा पुगेकी छन्। यसरी हद्दाद माइयाले वर्ल्ड ऱ्यांकिंगमा १३२औं स्थानमा रहने सारा सोर्रिबेस टोरमोलाई ३ घण्टा ५१ मिनटसम्म चलेको म्याचमा ६-७, ६-३, ७-५-ले पराजित गरिन्। उनी पहिलोपल्ट कुनै ग्राण्ड स्ल्यामको क्वार्टर फाइनलमा पुगिन्। यसरी अक्टोबरमा आमा बनेपछि पहिलोपल्ट कुनै ग्राण्ड स्ल्याम टुर्नामेण्ट खेलिरहेकी युक्रेनकी एलिना स्वितोलिनाले नवौं नम्बरका खेलाड़ी दारिया कसात्किनालाई ६-४, ७-६-ले पराजित गरी क्वार्टर फाइनलमा प्रवेश गरिन्।
पुरुष एकलमा चौथो वरीयता प्राप्त केस्पर रुड पनि लगातार दोस्रो साल अन्तिम आठमा पुग्न सफल भए। गत वर्षका उपविजेताले निकोलस जेरीलाई ७-६, ७-५, ७-५-ले पराजित गरे। यसअघि विश्वका नम्बर एक खेलाड़ी कार्लोस अल्काराजले इटलीका लोरेञ्जो मुसेटीलाई सीधा सेटमा पराजित गरी क्वार्टर फाइनलमा स्थान बनाए। शीर्ष वरीयता प्राप्त स्पेनिश खेलाड़ीले इटलीका मुसेटीलाई ६-३, ६-२, ६-२-ले पराजित गरे। गत वर्ष यूएस ओपनको खिताब जित्ने २० वर्षीय अल्काराजले क्वार्टर फाइनलमा पाँचौं नम्बरका खेलाड़ी स्टेफानोस सितसिपासको चुनौती स्वीकार्नेछन्। दुईपल्टका ग्राण्ड स्ल्याम उपविजेता सितसिपासले क्वालीफायर खेलाड़ी सबेस्टियन ओफनरलाई ७-५, ६-३, ६-०-ले पराजित गरे। सितसिपासलाई पराजित गर्न सफल भए अल्काराजको सेमिफाइनलमा नोवाक जोकोविचसँग भिड़न्त हुनसक्छ, जसले रेकर्ड १७औं पल्ट फ्रेञ्च ओपनको क्वार्टर फाइनलमा स्थान बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement