के-लीगः ग्रुप विजेता बनेर सेमिफाइनलमा पुग्यो युनाइटेड ब्रदर्स

IMG-20230606-WA0158.jpg

६ जूनः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा युनाइटेड ब्रदर्स ग्रुप विजेता बनेर सेमिफाइनलमा पुग्यो। स्थानीय मेला ग्राउण्डमा सोमवार युनाइटेड ब्रदर्स र गोरुबथान फूटबल क्लबबीच खेलिएको दोस्रो म्याच १-१-ले ड्र रह्यो। ग्रुप बी-को यस म्याचमा युनाइटेड ब्रदर्सका बिक्रम लिम्बुले दुर्भाग्यवश आत्मघाती गोल गर्दा गोरुबथान एफसी-ले बढ़त हासिल गऱ्यो। त्यसपछि सोनम शेर्पाले अन्तिम समयमा गोल गरी युनाइटेड ब्रदर्सलाई १-१-को बराबरीमा पुऱ्याए। सोनम शेर्पालाई प्लेयर अव् द म्याच चयन गरियो। ग्रुप बी-मा युनाइटेड ब्रदर्स २० पोइण्ट्सको साथ शीर्ष स्थानमा रह्यो। यसरी दोस्रो स्थानमा रहने गोरुबथान एफसी-सँग १३ पोइण्ट्स रहेको छ। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन्स एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। लीगको फाइनल ११ जूनमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement